बिहीबार , असोज ३ गते २०८१    
images
images

कृषि क्षेत्रका समस्या समाधान गर्न प्रतिबद्ध छौँ : मन्त्री अधिकारी

images
मंगलबार, असोज १ २०८१
images
images
कृषि क्षेत्रका समस्या समाधान गर्न प्रतिबद्ध छौँ : मन्त्री अधिकारी

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि उपजको बढ्दो आयात घटाउन उत्पादन वृद्धि अपरिहार्य भएको बताए।

images
images

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने बताएका छन्। 

images
images
images

बल्खुस्थित कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले कृषि उपजको बढ्दो आयात घटाउन उत्पादन वृद्धि अपरिहार्य भएको बताए। साथै उनले कृषि क्षेत्रमा समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए।

आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले तल्लो तहका किसानको हित संरक्षणका लागि हरसम्भव प्रयत्न गर्ने दृढता व्यक्त गरे। उनले मानव स्वास्थ्यमा प्रभाव पार्ने विषादी प्रयोग नगरी बाली लगाउन किसानलाई आग्रह गरे।

काठमाडौं महानगरपालिका-१४ वडाध्यक्ष सुमन श्रेष्ठले बिचौलियका कारण वास्तविक किसानले आफ्ना उत्पादनको मूल्य नपाएका बताए।

images

कृषि बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले कृषि क्षेत्रको विकासबाट नै आर्थिक उन्नयनमा टेवा पुग्ने भएकाले किसानलाई अनुदान दिएर उत्पादन बढाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए। रासस


प्रकाशित : मंगलबार, असोज १ २०८११३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend