शुक्रबार, मंसिर २८ गते २०८१    
images
images

महिला लघुवित्तको सेयर सस्तोमै पाएपछि किन्नेको चाप, एकै दिन १ सय रुपैयाँले बढ्यो

images
मंगलबार, पुस २७ २०७८
images
images
महिला लघुवित्तको सेयर सस्तोमै पाएपछि किन्नेको चाप, एकै दिन १ सय रुपैयाँले बढ्यो
images
images

काठमाडौं- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर एकै दिन प्रतिकित्ता १०१.१० रुपैयाँले बढेको छ। मंगलबार २.८३ प्रतिशले बढेको सेयर मंगलबार ३६७०.१० रुपैयाँमा कारोबार बन्द भएको थियो।

images
images
images

सस्तो मूल्यमा सेयर आएकोले सेयरधनीहरुको होडले महिला लघुवित्तमा खरिदको चाप बढेको हो। कम्पनीको पछिल्लो ५२ हप्तामा ५७४९ रुपैयाँसम्म पुगेको थियो। न्यूनतम ४३८ रुपैयाँमा कारोबार सुरु भएको थियो। कम्पनीको १ हजार ९ सय १५ कित्ता कारोबार सेयर भएको थियो। 

images

गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको ५० प्रतिशत लाभांश गत मंसिर २२ गते साधारणसभा समेत सम्पन्न भएको छ।  

images

कम्पनीले नाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव परित गरेको छ।

बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन्। २०७७ साल फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै आकर्षक लाभांश वितरण गर्न लागेको हो। साधारणसभाबाट पारित भएपछि राष्ट्र बैंकलाई जानकारी गराएर सेयरधनीको खातामा लाभांश पठाइने छ। 


प्रकाशित : मंगलबार, पुस २७ २०७८१३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend