बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

images
मंगलबार, असोज १ २०८१
images
images
तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

कम्पनीका शाखा प्रबन्धक दिनेश शर्माले पछिल्ला वर्षमा रासायनिक मलको अभाव हुन छोडेको बताए।

images
images

तनहुँ- कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ। चालु आवमा मलको मूल्य निर्धारण र मागअनुसार आपूर्ति सहज भएपछि जिल्लामा रासायनिक मल पर्याप्त मौज्दात रहेको कम्पनीले जनाएको छ।

images
images

कम्पनीका शाखा प्रबन्धक दिनेश शर्माले अनुसार माग भएबमोजिम मल आपूर्ति हुनुका साथै ठेकेदारले समयमा ढुवानी गरेकाले मलखाद पर्याप्त रहेको बताए। उनले भने, 'यस वर्ष रासायनिक मल अभाव छैन। मागअनुसार मल आपूर्ति भइरहेको छ। कृषकले समस्या झेल्नुपरेको छैन।'

images
images

युरिया, डीएपी, पोटास र कृषि चुन पर्याप्तमात्रामा गोदाममा रहेको उनले जानकारी दिए। युरिया, डीएपी, पोटास र कृषि चुन गरी कूल तीन सय ६० मेट्रिकटन रासायनिक मल गत साउन र भदौमा बिक्रीवितरण गरिएको शाखा प्रबन्धक शर्माले बताए। उनका अनुसार युरिया तीन सय २४, डीएपी दुई सय ४८, पोटास १५ र कृषि चुन ६ मेट्रिकटन मल गोदाममा मौज्दात छ।

images
images

'चालु आर्थिक वर्षको साउन र भदौसम्म युरिया दुई सय ७०, डीएपी ३१, पोटास सात र कृषि चुन १५ मेट्रिकटन बिक्री भइसकेको छ', शर्माले भने। कम्पनीको प्रदेश कार्यालय वीरगञ्जबाट रासायनिक मल आपूर्ति हुँदै आएको उनले बताए।

युरिया प्रतिबोरा आठ सय ८१ दशमलव ५० पैसा, डीएपी दुई हजार तीन सय ३१ दशमलव ५० पैसा, पोटास एक हजार सात सय ३१ दशमलव ५० पैसा र कृषि चुन चार सयका दरले बिक्री हुँदै आएको कम्पनीले जनाएको छ।

युरिया प्रतिकेजी १७ रुपैयाँ ६३ पैसा, डीएपी प्रतिकेजी ४६ रुपैया ६३ पैसा, पोटास प्रतिकेजी ३४ रुपैया ६३ र कृषि चुन सात रुपैयाँ ६० पैसामा मल बिक्री हुँदै आएको छ। गत वर्ष तनहुँमा करिब ६ करोड बराबरको रासायनिक मल खपत भएको थियो। 

पछिल्ला वर्षमा रासायनिक मलको अभाव हुन छोडेको शर्माले बताए। मागअनुसारको मल पाएपछि किसानसमेत हर्षित छन्।

व्यास नगरपालिका-५ साँगे सेराका कृषक रामलाल कुमालले यस वर्ष मागअनुसारको मल पाएको बताए। 'किसानले चाहेका बेलामा पर्याप्त रासायनिक मल पाउँदा खुसी छौँ। धान रोप्ने समयमा पर्याप्त मल पायौँ। त्यसैले किसानलाई खेतीतर्फ आकर्षित गरेको छ', उनले भने। रासस


प्रकाशित : मंगलबार, असोज १ २०८११०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend