शनिबार, असोज ५ गते २०८१    
images
images

बढ्यो हुलाक महसुल (सूचीसहित)

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २७ २०७८
images
images
बढ्यो हुलाक महसुल (सूचीसहित)

पोष्ट बक्स शुल्क भने यथावत रहेको छ। 

images
images

काठमाडौं- सरकारले हुलाक महसुल दर बढाएको छ। हुलाक  सेवा ऐनले दिएको अधिकार प्रयोग गर्दै सरकारले महसुल बढाएको हो। 

images
images
images

सरकारले माघ १ गतेदेखि लागू हुनेगरि महसुल बढाउने निर्णय गरेको छ। 

सरकारले प्राय सबै प्रकारका सेवाको महसुल दर बढाएको छ। आन्तरिक हुलाकबाट पहिलोपटक चिठी पठाउँदा पहिले ८ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ हुने छ। दोस्रोपटक पठाउँदाको महसुल भने ५ रुपैयाँ नै कायम छ। 

त्यस्तै आन्तरिकमा हवाइ पत्र पठाउँदा लाग्ने शुल्क ५ बाट १० रुपैयाँ प्रस्ताव गरिएको छ भने छापा पत्र ७ बाट १० पुर्‍याइएको छ। 

images

पोष्ट बक्स शुल्क भने यथावत रहेको छ। 

त्यस्तै सतह डाँक सेवाको मूल्य ३० बाट २ सय पुर्‍याइएको छ । यसमा २ किलोग्रामबाट न्यूनतम तौल सुरु हुन्छ। त्यसपछि प्रत्येक पाँच सय किलोग्राममा ५० रुपैयाँ लाग्ने छ। यसमा पहिले ३० रुपैयाँ थियो। 

त्यस्तै हवाइ डाँक सेवा २ किलोग्रामसम्म २३० रुपैयाँ लाग्ने छ। 



 


प्रकाशित : मंगलबार, पुस २७ २०७८१३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend