मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेस च्याप्टर गठन

images
सोमबार, भदौ ३१ २०८१
images
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेस च्याप्टर गठन

युवा उद्यमी मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रवर्द्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोहीअनुरुपका गतिविधि समेत गर्दै आएको छ।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेस प्रदेश च्याप्टर गठन गरेको छ।

images
images
images

प्रदेश च्याप्टरको आज वीरगञ्ज आयोजित विशेष समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश च्याप्टरको शुभारम्भ गर्दै प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए। उनले उद्यमशीलताको प्रवर्द्धन गर्न कोष बनाएको भन्दै मुलुकभित्र रोजगारी सिर्जना गर्न उद्यमशीलताको प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।

images
images

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीहरुलाई देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजीकरण, प्रोत्साहन गर्न आवश्यक रहेको बताए।

images
images

देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेकोमा समेत उनले जोड दिए।

'विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको पनि संख्या ठूलो छ। उनीहरुलाई देशमै उद्यम विकासका लागि हौसला प्रदान गर्न आवश्यक छ', उनले भने, 'यसका लागि स्थानीय, प्रदेश एवं संघीय सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुर्पछ।'

नेपाल उद्योग परिसंघ मधेस प्रदेशका अध्यक्ष प्रमोद साहले कानूनी एवं नीतिबाटै युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले मधेस प्रदेशको आर्थिक विकासले देशलाई नै समृद्धि दिन सक्ने बताए। त्यसैले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयापन ल्याउँदै, र देशको आर्थिक विकासमा योगदान पुर्‍याउने संकल्पका साथ अघि बढ्न चाहेको बताए।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेस च्याप्टरका अध्यक्ष रजत बजाजले देशको महत्वपूर्ण आर्थिक केन्द्र रहेको मधेस प्रदेशका युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकार, स्थानीय सरकारसँग नीतिगत विषयमा समन्वय गर्ने बताए। उनले प्रदेश सरकारले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने, सहकार्य गर्ने विश्वास व्यक्त गरे।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरको बोर्डमा रजत बजाजसँगै आयोसी तुल्सियाना, अनुनय रुङ्टा, अनुश्री अग्रवाल, दिपक साह रहेका छन्।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो। मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रवर्द्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोहीअनुरुपका गतिविधि समेत गर्दै आएको छ।

सोही अवसरमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेस च्याप्टरसँग होटेल लर्डस् दियालो, हेलिङ टच स्पा, म्याजिक बेल्स, होटेल सरोभर, थ्रील फ्याक्ट्री, होटेल इच्छा, वल्र्ड अफ ओन्डर एण्ड स्पोर्ट हाउसले सहकार्य गर्ने समझदारी गरेका छन्। 


प्रकाशित : सोमबार, भदौ ३१ २०८११८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend