बिहीबार , असोज ३ गते २०८१    
images
images

उद्योगमन्त्री भण्डारीले भने - समृद्धिका लागि सरकार उद्योगीसँग हातेमालो गर्न तयार छ

images
सोमबार, भदौ ३१ २०८१
images
images
उद्योगमन्त्री भण्डारीले भने - समृद्धिका लागि सरकार उद्योगीसँग हातेमालो गर्न तयार छ

उनले व्यवसाय तथा उद्योगमा यथास्थितिकै चुनौति देखिएको उल्लेख गर्दै यसलाई सरकार र व्यवसायी दुवै पक्ष मिलेर सामना गर्नुपर्ने बताए।

images
images
काभ्रेपलाञ्चोक- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धि हासिल गर्न सरकार उद्योगी व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताएका छन्।
 
नेपाल इँट्टा उद्योग महासंघको १६औँ साधारणसभा उद्घाटन समारोहलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न इँटा उद्योगलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
 
'सरकार व्यवसायीसँग हातेमालो गर्दै आर्थिक समृद्धितर्फ उन्मुख हुने अभियान छ। व्यवसायीले पनि सहकार्य गर्ने सोच बनाउनुस्, सरकार तयार छ', मन्त्री भण्डारीले भने।
 
उनले व्यवसायीले सरकारलाई विरोधीको आँखाले नहेर्न आग्रह गरे। उनले भने, 'राष्ट्र सफल बने मेरो पनि व्यवसाय सफल हुन्छ भन्ने व्यवसायीले सोच्नुपर्‍यो।' 
 
मन्त्री भण्डारीले व्यवसाय तथा उद्योगमा यथास्थितिकै चुनौति देखिएको उल्लेख गर्दै यसलाई सरकार र व्यवसायी दुवै पक्ष मिलेर सामना गर्नुपर्ने बताए। आफ्नो मन्त्रालयको ‘मन्दीदेखि समृद्धि’ सम्मको अभियानलाई व्यवसायीले पूर्ण साथ दिनुपर्ने उनको धारणा थियो। 
 
मन्त्री भण्डारीले देशको आयात र निर्यातको चुनौती समाना गर्न ‘मन्त्रालय-व्यवसायी’ बीच को दुरी कम गर्नुपर्ने आवश्यकता औँल्याए। उनले मन्त्रालयले उद्योग, व्यवसायसम्बन्धी अध्ययन कार्यदल बनाएकाले कार्यदलको प्रतिवेदनअनुसार व्यावसायिक सुदृढीकरणबारे छिट्टै योजना ल्याइने जानकारी दिए। इँट्टा उद्योगलाई प्रविधि एवं जलवायुमैत्री बनाइ रोजगारी प्रवर्द्धन गर्दै वातावरण संरक्षण गर्नुपर्नेमा उनको जोड थियो।
 
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे श्रेष्ठ र लक्ष्मण लम्साललगायतले मन्दीको अवस्थाबाट माथि उठ्न उद्योग व्यवसायीलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए।
 
महासंघका अध्यक्ष शंकरबहादुर चन्दले उद्योगीको बैंकको ऋणको समयावधि थप गरिदिन अनुरोध गरे। उनले आर्थिक मन्दीका कारण ३० प्रतिशत उद्योग बन्द अवस्थामा रहेको जानकारी दिए। 
 
उनका अनुसार देशभर एक हजार दुई सय इँट्टा उद्योग महासंघमा आबद्ध छन्। रासस


प्रकाशित : सोमबार, भदौ ३१ २०८११८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend