बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

साउनमा कमाए वाणिज्य बैंकले ९ अर्ब १७ करोड खुद नाफा, ग्लोबल पहिलो हुँदा अन्तिममा माछापुच्छ्रे

सोमबार, भदौ ३१ २०८१
साउनमा कमाए वाणिज्य बैंकले ९ अर्ब १७ करोड खुद नाफा, ग्लोबल पहिलो हुँदा अन्तिममा माछापुच्छ्रे

साउनमा सबैभन्दा धेरै खुद नाफा ग्लोबल आईएमई बैंकले गर्दा नबिल दोस्रो स्थानमा रहेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरूले ९ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेका छन्।

साउनमा सबैभन्दा धेरै खुद नाफा ग्लोबल आईएमई बैंकले गर्दा नबिल दोस्रो स्थानमा रहेको छ। साउनमा ग्लोबल आईएमई बैंकले ८९ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ।

दोस्रो स्थानमा रहेको नबिल बैंकले ८० करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ। कृषि विकास बैंक तेस्रो स्थानमा रहँदै ७१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ। 

यस्तै चौथो स्थानमा रहेको हिमालयन बैंकले ५८ करोड ८० लाख रुपैयाँ र पाँचौँ स्थनमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेका छन्। 

यस्त‌ै प्रभु बैंकले ५३ करोड ८० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख रुपैयाँ, कुमारी बैंकले ५० करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेका छन्। 

यस्तै एनएमबि बैंकले ४२ करोड ७२ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ, सानिमा बैंकले ३८ करोड २६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेका छन्। 

सिटिजन्स इन्टरनेशनल बैंकले ३४ करोड २२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ३३ करोड ३३ लाख रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले २६ करोड ६३ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडले २२ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ।

सबैभन्दा कम नाफा गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ। माछापुच्छ्रे बैंकले २० करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ। 


प्रकाशित : सोमबार, भदौ ३१ २०८११७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend