काठमाडौं- जानकी फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको पौष २७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त लाभांश गत वर्षभन्दा ८ प्रतिशतले कमी हो। गत वर्ष २३.१६ प्रतिशत लाभांश वितरण गरिएको थियो। लाभांश घोषणा नजिकिएसँगै जानकीको सेयर मूल्य पछिल्ला दिनहरुमा उचालिएको छ।
मंगलबार ६९२ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको छ।