मंगलबार, चैत १२ गते २०८१    
मंगलबार, चैत १२ २०८१
images
images

सेयर बजारलाई फापेन भदौ, ३००० को बिन्दुमा पुगेको बजार २५८० मा झर्‍यो

असोजमा उचाइतर्फ 'बाउन्स ब्याक' होला कि धरमरमै?

images
सोमबार, भदौ ३१ २०८१
images
images
सेयर बजारलाई फापेन भदौ, ३००० को बिन्दुमा पुगेको बजार २५८० मा झर्‍यो
images
images

काठमाडौं- लगातार २१९.९७ अंकको गिरावटपछि गएको साता अन्तिम कारोबारमा बिहीबार वृद्धितर्फ देखिएको सेयर बजार यो साताको दुई कारोबार नै ओरालोतिर लागेको छ। समग्रमा भदौ महिना सेयर बजारका लागि सुखद देखिएन। 

images
images

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएर ओरालोतिर नै लाग्यो। 

images
images

भदौ महिनाको अन्तिम कारोबारमा सोमबार ५७.०३ अंकले घटेर बजार २५८०.७६ बिन्दुमा झरेको छ। १४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

यो साता पहिलो कारोबारमा आइतबार ५०.७३ अंकले घटेर बजार २६३७.७९ बिन्दुमा पुगेको थियो। गएको साता पहिलो कारोबारमा आइतबार २५.४६, सोमबार ५५.८६ र मंगलबार १३.०९ अंकले घटेको बजार बुधबार पनि २२.७३ अंकले घटेको थियो। बिहीबार भने ७८.३१ अंकले बढेर बजार २६८८.५३ बिन्दुमा पुगेको थियो। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको हो। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्। 

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा अहिले धरमरम भइरहेको छ। बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' देखिएको रुपमा विश्लेषकहरूले अर्थ्याइरहँदा लगानीकर्ताहरू दुविधामा देखिन्छन्। बजार 'बाउन्स ब्याक' हुने अवस्था रहेको विश्लेषकहरूले बताइरहँदा आधार भने यकिन छैन। अब असोज चाडबाडको महिना भएकाले पनि बजारको गति आँकलन गर्न सहज छैन। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने संकेतहरू रहेको विश्लेषकहरूले बताइरहेका छन्। तर सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार उचाइतर्फ बढ्न सकेको छैन। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। 

‘स्टप लस हन्टिङ’मा हो सेयर बजार? उच्च बिन्दुतर्फ बढ्छ या मोडिन्छ? ‘स्टप लस हन्टिङ’मा हो सेयर बजार? उच्च बिन्दुतर्फ बढ्छ या मोडिन्छ?


प्रकाशित : सोमबार, भदौ ३१ २०८११४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend