मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

दायित्व बेहोर्नुपर्ने अवस्था हटाउन कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको माग

images
सोमबार, भदौ ३१ २०८१
images
दायित्व बेहोर्नुपर्ने अवस्था हटाउन कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको माग

सञ्चयकर्ताहरुले ऋण लिने र दिनेबीचको हाल कायम ब्याजदरको अन्तर कम गर्ने नीति ल्याउन उचित हुने सुझाव दिए।

images
images

सुदूरपश्चिम- कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुले लिएको ऋणलाई पुँजीकृत गरी सञ्चयकर्ताले सधैँ दायित्व बेहोर्नुपर्ने समस्या हटाउन माग गरेका छन्।

images
images
images

कोषद्वारा आज धनगढीमा आयोजित ६३औँ वार्षिकोत्सव समारोहमा सञ्चयकर्ताहरुले ऋण लिने र दिनेबीचको हाल कायम ब्याजदरको अन्तर कम गर्ने नीति ल्याउन उचित हुने सुझाव दिए।

images
images

सामाजिक सुरक्षासम्बन्धी थप योजना ल्याउनुपर्ने र ज्येष्ठ नागरिकका लागि ‘ओल्ड केयर सेन्टर’स्थापना गरी वृद्धवृद्धाको हितमा काम गर्न उचित हुने सञ्चयकर्ताहरुले सुझाव दिएका छन्।

images
images

सो अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा हरिप्रसाद लम्सालले कोषको कामलाई थप सञ्चयकर्ता मैत्री बनाउँदै सेवालाई सहज, सरल एवं सुलभ बनाउनुपर्ने बताए। कोषका धनगढी शाखा कार्यालयका प्रमुख राजेन्द्र लामिछानेले कोषको गतिविधिबारे जानकारी दिँदै कोषका सञ्चयकर्ताको हित र सेवामा प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रदेश सरकारका सचिव वेदप्रकाश भण्डारी, कर्मचारी मिलन केन्द्रका डा हेमराज अवस्थी, शिक्षक लक्ष्मणदत्त भट्टलगायतले कोषले प्रदान गर्दैआएका सेवाका बारेमा चर्चा गरेका थिए।

सञ्चयकर्ताको सेवालाई सहजीकरण गर्न २०६१ सालमा सुदूरपश्चिम प्रदेशको धनगढीमा कोषको कार्यालय सञ्चालन भएको थियो। कार्यालयले प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका सञ्चयकर्तालाई सेवा प्रदान गरिरहेको छ।

आर्थिक वर्ष २०७९/८० मा कोषले मुनाफा गरेको ६ अर्ब पाँच करोड रूपैयाँमध्ये चार अर्ब ५० करोड रूपैयाँ देशभरीका सञ्चयकर्तालाई बाँडफाँट गरी सम्बन्धितको व्यक्तिगत खातामा सुरु मौज्दातको एक दशमलव १० प्रतिशतका दरले मुनाफा रकम वितरण गरेको छ।

यसैगरी सामाजिक सुरक्षा सुविधा प्रदान गर्ने प्रयोजनका लागि सञ्चयकर्ता कल्याणकारी कोषमा ७२ करोड २० लाख रूपैयाँ जम्मा गरिएको छ। सामाजिक सुरक्षा र सञ्चयकर्ता सापटीतर्फ कोषबाटै दायित्व बेहोर्नेगरी सामाजिक सुरक्षा सुविधाअन्तर्गत आव २०८०/८१ मा २६ हजार ७४ सञ्चयकर्ता तथा उनीहरुका हकवालासमेतलाई करिब ५४ करोड २५ लाख रूपैयाँ वितरण गरिएको छ। 

सञ्चयकर्ताको सेवाकालको आवश्यकता तथा आधारभूत सुविधा प्रदान गर्न सञ्चालन भएको विषेश सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटीमा एक लाख ४६ हजार तीनसय ३६ सञ्चयकर्तालाई ३९ अर्ब ७६ करोड रूपैयाँ सापटी प्रवाह गरिएको छ।

सेवाबाट अवकाशपछि कोषबाट ८७ हजार नौसय ५६ सञ्चयकर्तालाई १९ अर्ब नौ करोड रूपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ। सञ्चयकर्ता सेवातर्फ सञ्चयकर्ताको सेवाकालीन आवश्यकतालाई सम्बोधन गर्न कोषले विभिन्न प्रकारका धितोमा आधारित सापटी प्रदान गर्दै आएको छ। रासस


प्रकाशित : सोमबार, भदौ ३१ २०८११४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend