बिहीबार , असोज ३ गते २०८१    
images
images

एनआइएमबि एस क्यापिटल : लगानी विस्तारलाई विविधीकरण गर्दै

images
सोमबार, भदौ ३१ २०८१
images
images
एनआइएमबि एस क्यापिटल : लगानी विस्तारलाई विविधीकरण गर्दै
images
images

काठमाडौं- स्थापनाको १२ वर्षको यात्रा पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको एनआइएमबि एस क्यापिटल लिमिटेडले प्रत्येक बिन्दुमा कीर्तिमानसँगै यात्रा पार गरिरहेको छ।

images
images
images

एनआइएमबि एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको र हाल प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटलको कोष व्यवस्थापकसम्बन्धी कार्यसमेत गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरी आफ्नो उद्देश्यअनुरुप कार्य गरिरहेको छ। 

इजाजतप्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धक सेवा, सेयर रजिस्ट्रारसम्बन्धी सेवा, हितग्राही सेवा, लगानी व्यवस्थापन सेवा तथा परामर्श सेवासम्बन्धी सम्पूर्ण काम गर्दै आएको छ। 

हाल यस कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी लगानी क्षमता रहेको ‘एनआइबिएल इक्वीटी पार्टनर्स’ नामको प्राइभेट इक्वीटी फण्डको व्यवस्थापनसम्बन्धी कार्य गरिरहेको छ। कम्पनीका अनुसार एनआइबिएल इक्वीटी पार्टनर्सले हालसम्म एक अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ भने आगामी दिनमा थप लगानी गर्नका लागि सक्रिय रूपमा लागिरहेको छ। सबै क्षेत्रमा ठूलो मात्रामा दखल राखेर कार्य गर्दै आएकोमा पछिल्लो तीन/चार वर्षयता भने लगानीका अन्य क्षेत्रहरुमा पनि काम गरिरहेको छ।

images

साथै पोर्टफोलियो व्यवस्थापन सेवाअन्तर्गत हालसम्म साढे ७ अर्ब रुपैयाँ र सामूहिक लगानी कोषअन्तर्गत १० अर्ब रुपैयाँ बराबरको रकम व्यवस्थापन गर्दै आइरहेको छ। त्यसैगरी नेपाल धितोपत्र बोर्डबाट ४ अर्ब रुपैयाँ योजनाको आकार स्वीकृत भएको छ। नेपालको प्रथम खुलामुखि योजना 'एनआइबिएल सभागिता फन्ड' को आकार वृद्धि गर्नका लागि धितोपत्र बोर्डमा आवेदन गरी स्वीकृतिको प्रकृयामा रहेको छ। दुई अर्ब रुपैयाँभन्दा बढीको लागि प्रक्रियामा रहेकोले समग्रमा ६ अर्ब रुपैयाँको हुने छ। 

कम्पनीले कर्पोरेट एड्भाइजरी सेवा पनि दिँदै आएको छ। अहिले आईपीओ आउने भनिएता पनि आउँछ कि आउँदैन भन्ने दुविधाका कुराहरू हुन्छन्। यसका लागि कति पैसा, कुन समयमा कुनमा कसरी राख्ने भन्ने सल्लाह दिने काम पनि कम्पनीले गरिरहेको छ। सबै वित्तीय स्थिति र कम्पनीको अवस्था हेरेर कसरी कुन मोडलमा जाँदा हुन्छ भनेर कम्पनीको रिसर्च टिमले काम गर्छ। सोही टिमले निकालेको फाइन्डिङअनुसार कर्पोरेट एड्भाइजरीको काम हुने गरेको छ।

एनआइएमबि एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन गरिरहेको छ। लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्न सफल भएको छ। 

कम्पनीले अहिले 'थ्री इन वान' नामक अकाउन्ट चलाइरहेको छ। जसमा डिम्याट, ब्रोकर अकाउन्ट र बैंक अकाउन्ट एकै ठाउँबाट दिने सुविधा रहेको छ। 

सन् २०१२ मा स्थापना भएको कम्पनीले पहिलोपटक सन् २०१३ मा ६९ करोड ९० लाख रुपैयाँको मेगा बैंकको आईपीओ संयुक्त रुपमा व्यवस्थापन गरेको थियो। कम्पनीले अहिलेसम्म २ सय कम्पनीको आईपीओ व्यवस्थापनमा काम गरिसकेको छ।

सन् २०१४ मा यस कम्पनीले एक अर्ब रुपैयाँ योजनाको आकार रहेको बन्दमुखी योजना (क्लोज इन्डेड म्युचुअल) जारी गरेको थियो। त्यस्तै २०१५ मा यसले नेपालकै ठूलो एफपीओ ३३ करोड २० लाख रुपैयाँको जारी गरेको थियो। त्यस्तै सन् २०१६ मा नेपालमा विभिन्न प्रकारका म्युचअल फण्ड जारी गर्ने क्यापिटल बनेको थियो।

सन् २०१७ मा यसले आफ्नो सेवा विस्तार गर्दै शाखा खोलेको थियो, नेपालमै पहिलोपटक यसले सञ्जाल विस्तार गरेको थियो। २०१८ मा यो मर्चेन्ट बैंकिङमा नेपालमै पहिलोपटक एस क्यापिटलसँग मर्ज भएको थियो। यो मर्जर आफैमा अन्य कम्पनीका लागि प्रेरणादायी थियो।  

सन् २०२१ मा यसले नेपालकै सबैभन्दा ठूलो आईपीओ प्रबन्धन गरेको थियो। नेपाल  इन्फ्रास्ट्रक्चर (निफ्रा) को ८ अर्ब रुपैयाँको आईपीओ यसले जारी गरेको थियो। त्यस्तै सर्वोत्तम सिमेन्टको बुक बिल्डिङमार्फत ल्याइएको आईपीओसमेत व्यवस्थापनमा कम्पनी रहेको थियो। 

सन् २०२२ सम्म पुग्दा एसेट म्यानेजमेन्ट र म्युचुअल फण्ड म्यानेजमेन्टमा यसले अर्को रेकर्ड बनायो। सन् २०२३ मा यसले मेगा क्यापिटललाई अक्वाएर गरेर नेपालकै ठूलो क्यापिटल बन्यो। हालसम्म ४१ लाखभन्दा बढी ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गरेको एनआइएमबिले ५ लाख ५० हजारभन्दा बढी डिम्याट खाताहरू व्यवस्थापन गर्नुका साथै दुईसयभन्दा बढी आईपीओ/एफपीओ जारी गर्न सफल रहेको छ।


प्रकाशित : सोमबार, भदौ ३१ २०८११७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend