मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’, उत्पादन घट्ने

images
सोमबार, भदौ ३१ २०८१
images
झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’, उत्पादन घट्ने

झापामा यो वर्ष ७५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएको छ।

images
images

बनियानी- झापाका विभिन्न स्थानका धानबालीमा रोगको सङ्क्रमण देखिएको छ। जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।

images
images
images

झापाको अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका र कचनवलक गाउँपालिका क्षेत्रमा बढी मात्रा यो रोगको सङ्क्रमण देखिएको किसानले जानकारी गराएको उनले बताए। 'छिटफुट रुपमा जिल्लाभरि देखिएको छ, नियन्त्रणको प्रयास भइरहेको छ', उनले भने।

images
images

अनुगमन गरेर ज्ञान केन्द्रमार्फत किसानलाई क्षेत्रफलको आधारमा थोरै मात्रा भए पनि औषधि वितरण गरिरहेको उनले जानकारी दिए। धान खेतको ठाउँ-ठाउँमा गोलकार रुपमा यो रोगको उपचारका लागि भ्यालिडिमाइसिन र हेक्साकोनाजोल औषधि दुई मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर प्रयोग गर्न सकिने प्रमुख विष्टले बताए। रोगका कारण बाला कम लाग्ने भएकाले धान उत्पादन घट्ने उनले बताए।

images
images

झापामा यो वर्ष ७५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएको छ। गत वर्ष जिल्लामा ८५ हजार पाँच सय हेक्टरमा धान खेती गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। झापामा यो वर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा छ वटा पालिकाका एक सय पाँच बिघामा नमूनाखेती गरिएको छ।

किसानलाई प्रविधि अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भद्रपुरमा १० बिघा, बिर्तामोडमा सात बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमूना धानखेती गरिएको हो। जसमा ६० जना किसान आबद्ध छन्।

कोशी प्रदेश सरकारको ‘कष्टम हायरिङ सेन्टर’मार्फत यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रम एनएमसी एग्रो फर्मसँग सम्झौता गरी कृषि ज्ञान केन्द्र झापाले प्रदर्शनका रुपमा धान रोपाइँ गरेको निमित्त प्रमुख विष्टले बताए। यसबाट किसानको २० प्रतिशत लागत घट्ने जनाइएको छ।

किसानलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइएको छ। १०५ बिघा धान खेतीका लागि पाँच लाख ५० हजार रूपैयाँ अनुदान दिइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, भदौ ३१ २०८११३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend