आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टि

गोर्खा मिडियामा १५ प्रतिशत 'स्वेट' सेयरसमेत गैरकानूनी भएको निष्कर्ष

images
सोमबार, भदौ ३१ २०८१
images
सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टि

गोर्खा मिडियामा राई र लामिछानेसहित छविराज जोशी पनि सञ्चालकको भूमिकामा रहेका थिए। तर लामिछाने गोर्खा मिडियामा रहेको अवधिभर एउटाबाहेक सबै चेकमा उनैले हस्ताक्षर गरेको पाइएको छ।

images
images

काठमाडौं- सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको संसदीय विशेष छानबिन समितिले निचोड निकालेको छ। 

images
images
images

सहकारीको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको हो।

images
images

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा राईले सहकारीको रकम लगेको र उक्त रकम लामिछानेसहितको संलग्नतामा अपचलन भएको विशेष छानबिन समितिको निष्कर्ष रहेको छ। 

images
images

गोर्खा मिडियामा राई र लामिछानेसहित छविराज जोशी पनि सञ्चालकको भूमिकामा रहेका थिए। तर लामिछाने गोर्खा मिडियामा रहेको अवधिभर एउटाबाहेक सबै चेकमा लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ। 

समितिले गोर्खा मिडियामा लामिछानेले लिएको १५ प्रतिशत 'स्वेट' सेयरलाई गैरकानूनी भनेको छ। गैरकानूनी हुँदाहुँदै उनले १५ प्रतिशत सेयरका लागि कम्पनीमा रकम बुझाएको प्रमाणसहित त्यो सेयर किन लिए भन्ने प्रश्नसमेत प्रतिवेदनमा उठाइएको छ। कागजातमा उनले बुझाएको देखिएको रकमसमेत सहकारीको नै रहेको छ। 

सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि प्रश्न उठेपछि प्रतिनिधिसभाले गएको जेठ १५ गते 'सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति' गठन गरेको थियो। समितिलाई तीन महिना कार्यावधि दिइएकोमा प्रतिनिधिसभाले १५ दिनको समय थपिदिएको थियो। समितिले सोमबार प्रतिनिधिसभामा प्रतिवेदन पेस गर्ने भएको छ।

सात सदस्यीय संसदीय विशेष छानबिन समितिको सभापति नेकपा (एमाले) का सांसद सूर्य थापा छन्। समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू छन्।


प्रकाशित : सोमबार, भदौ ३१ २०८११३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend