शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

१९ मध्ये ७ जीवन बीमा कम्पनीको लाभांश घाेषणा, ठूला कम्पनीको लाभांश कहिले?

images
बुधबार, पुस २८ २०७८
images
१९ मध्ये ७ जीवन बीमा कम्पनीको लाभांश घाेषणा,  ठूला कम्पनीको लाभांश कहिले?
images
images

काठमाडौं- जीवन बीमा कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। १९ जीवन बीमा कम्पनीहरूमध्ये ७ कम्पनीले लाभांश घोषणा गरेका छन्। अझै ६ वटा कम्पनीको साधारण सेयर (आईपीओ) आउने क्रममै रहेको छ। 

images
images
images

अधिकांश बीमा कम्पनीहरूले दुई वर्षको लाभांश वितरण गर्न सकेका छैनन्। जीवन बीमा कम्पनीहरूले लाभांश घोषणापूर्व गर्नुुपर्ने एक्चुअरी मूल्यांकन समयमा गर्न नसक्दा अधिकांशको लाभांश दुई वर्षको बाँकी हुन पुगेको हो। प्रत्येक वर्ष आकर्षक लाभांश घोषण गर्दै आएको नेपाल लाईफ इन्स्योरेन्सको दुई वर्षदेखिको लाभांश घोषणा भएको छैन। नेशनल लाइफले पनि दुई वर्षदेखिको लाभांश घोषणा गरेको छैन। 

images
images

हालसम्म घोषणा गरेका जीवन बीमा कम्पनीहरूमध्ये एसियन लाइफले धेरै दिने प्रस्ताव गरेको हो। अन्य घोषणा गर्ने कम्पनीमा रिलायन्स लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, ज्योति लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन्।

images
images

एशियन लाइफले २७ प्रतिशत र सबैभन्दा कम रिलायन्स लाइफले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। जसमध्येमा गुराँस लाइफले आर्थिक वर्ष २०७५/७६ को लाभांश प्रस्ताव गरेको छ। भने बाँकीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेका छन्।

एसियन लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको नाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ। रिलायन्स लाइफ इन्स्योरेन्सले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ। 

प्राइम लाइफ इन्स्योरेन्सले पनि चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो। गत मंसिर १९ गते साधारणसभा सम्पन्न भइसकेको छ। 

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पनि गत पुस १९ गते साधारणसभा पारित भएको थियो। 

गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कम्पनीको सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण को प्रस्ताव गरेको थियो। गत मंसिर १० गतेको साधारणसभाले पारित गरिसकेको छ। 

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पनि आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले पनि २०७६/७७ सम्मको नाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।


प्रकाशित : बुधबार, पुस २८ २०७८०५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend