बिहीबार , असोज ३ गते २०८१    
images
images

असोजका लागि पनि घटाए वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर, कुन बैंकको कति?

images
सोमबार, भदौ ३१ २०८१
images
images
असोजका लागि पनि घटाए वाणिज्य बैंकले मुद्दती  निक्षेपको ब्याजदर,  कुन बैंकको कति?

बैंकहरुले निरन्तरतरुपमा ब्याजदर घटाएपछि कर्जाको ब्याजदर घटेर एकल अंकमा आएको छ।

images
images

काठमाडौं- असोजका लागि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। असोजका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने केहीले भदौकै ब्याजदरलाई यथावत राखेका छन्।

images
images
images

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने नीति लिँदै नीतिगत दर ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेकाले बैंकहरुले ब्याजदर घटाउने मनोवैज्ञानिक आधार प्राप्त गरेका हुन्।

गत आर्थिक वर्षको कात्तिकयता बैंकहरुले निरन्तररुपमा निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह नबढेको भन्दै बैंक वित्तीय संस्थाहरुले ब्याजदर घटाउँदै आएका हुन्।

बैंकहरुले निरन्तरतरुपमा ब्याजदर घटाएपछि कर्जाको ब्याजदर घटेर एकल अंकमा आएको छ।

images

असोजमा मुद्दती निक्षेपको ब्याजदर घटाएका बैंकहरुको कर्जा ब्याजदर कात्तिकमा थप घट्ने र भदौको ब्याजदरलाई निरन्तरता दिएका बैंकहरुको कर्जाको ब्याजदर स्थिर रहने छ। बैंकहरुले ६ महिनाको औषत आधार दरका आधारमा कर्जाको ब्याजदर निर्धारण गर्ने व्यवस्था रहेको छ।

असोजका लागि एभरेष्ट बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले ३ महिनादेखि २ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ४.५ प्रतिशतबाट घटाएर असोजमा ४.१५ प्रतिशत कायम गरेको छ।

२ वर्षदेखि ५ वर्ष अवधिको मुद्दतीको ब्याजदर पनि ५ प्रतिशतबाट घटाएर ४.७५ प्रतिशत कमय गरेको छ। ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा समेत बैंकले ६.१० प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेको छ। 

नबिल बैंकले पनि असोजका लागि साधारण मु्द्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले ३ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ।

यस्तै १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.५० प्रतिशतबाट घटाएर ५.२५ प्रतिशत तोकेको छ। यस्तै २ देखि ५ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.५० प्रतिशतबाट घटाएर ६.२५ प्रतिशत कायम गरेको छ। ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर यस बैंकले ७ प्रतिशतबाट घटाएर ६.७५ प्रतिशत कायम गरेको छ।

ग्लोबल आइएमई बैंकले भदौ महिनाकै मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएको छ। यस बैंकले ३ महिनासम्मको मुद्दती निक्षेपमा ४ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा ५ प्रतिशत र १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपमा ५.५ प्रतिशत ब्याजदर तोकेको छ। 

सिद्धार्थ बैंकले पनि भदौ महिनाको मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएको छ। यस बैंकले ३ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपमा ५ प्रतिशत, १ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६.५ प्रतिशत ब्याजलाई नै असोजमा निरन्तरता दिएको छ।

कुमारी बैंक असोजमा सबै प्रकारको मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। ३ देखि ६ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.३० प्रतिशतबाट घटाएर ४.३१ प्रतिशत, ६ देखि १ वर्षको मुद्दती निक्षेपको ब्याजदर ५.८१ प्रतिशतबाट घटाएर ४.८१ प्रतिशत कायम गरेको छ। 

१ वर्षदेखि २  वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.३० प्रतिशतबाट घटाएर ५.८१ प्रतिशित र २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.५१ प्रतिशतबाट घटाएर ५.३१ प्रतिशत कायम गरेको छ।

सानिमा बैंकले पनि भदौका लागि साधारण मुद्दतीको ब्याजदर घटाएको छ। यस बैंकले ३ देखि ६ महिनाको मुद्दती निक्षेपको ब्याजदर ४.९५ प्रतिशतबाट घटाएर ४.५० प्रतिशत कायम गरेको छ। यस्तै ६ देखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.७० प्रतिशतबाट घटाएर ५.४० प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.२० प्रतिशतले घटाएर ५.९० प्रतिशत कायम गरेको छ।

यस्तै प्रभु बैंकले भदौकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएको छ। यस बैंकले ६ महिनादेखि १ वर्ष अवधिको साधारण मुद्दती निक्षेपमा ५.१० प्रतिशत, १ वर्षदेखि ५ वर्ष अवधिको मुद्दती निक्षेपमा ५.६० प्रतिशत रर ५ वर्ष भन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६.१० प्रतिशत ब्याजदर असोजका लागि पनि कायम गरेको छ। 

एनआईसी एसिया बैंकले पनि असोजमा साधारण मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। ३ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.२५ प्रतिशतबाट घटाएर ५ प्रतिशत, ३ महिनाभन्दा बढी १ वर्षभन्दा कम अवधिसम्मको मुद्दती निक्षेपको ब्याजदर ५.५ प्रतिशतबाट घटाएर ५.०५ प्रतिशत कायम गरेको छ। 

१ वर्ष अवधिको साधारण मुद्दतीको ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.६० प्रतिशत यस बैंकले कायम गरेको छ। नेपाल बैंक लिमिटेडले पनि असोजका लागि दुई वर्ष अवधिसम्मको साधारण मुद्दतीको ब्याजदर ५.२५ प्रतिशतबाट घटाएर ४.५५ प्रतिशत कायम गरेको छ।

२ वर्ष अवधिभन्दा माथिको निक्षेपमा यस बैंकले ५.२५ प्रतिशत र ५ वर्ष अवधि बढी अवधिको मुद्दती निक्षेपमा ५.९५ प्रतिशत ब्याज दिने भएको छ। माछापुच्छ्रे बैंकले भदौ महिनाकै ब्याजदरलाई असोज पनि निरन्तरता दिने भएको छ।


प्रकाशित : सोमबार, भदौ ३१ २०८१०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend