काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य घटाएको हो।
इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागु हुने गरी मूल्य समायोजन गरेको जनाएको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँले मूल्य घटेको छ।
एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत रहेको छ।