शनिबार, वैशाख ८ गते २०८१    
images
images

भारतले अझै स्वीकृत गरेन ग्रेटवालको एफडीआई, फ्याक्ट्री किन्ने ग्रेटवाल र जीएमको सम्झौता संकटमा परेको हो?

images
images
भारतले अझै स्वीकृत गरेन ग्रेटवालको एफडीआई, फ्याक्ट्री किन्ने ग्रेटवाल र जीएमको सम्झौता संकटमा परेको हो?

चिनियाँलाई भारत प्रवेश गर्नासाथ सवारी उत्पादन गरि बजारमा ल्याउने आधार जनरल मोटर्सले दिएको हो। 

images
images

काठमाडौं- चीनको सबैभन्दा ठूलो एसयूभी निर्माता कम्पनी ग्रेटवाल मोटर र जनरल मोटर(जीएम) इन्डियाबीच पुनेमा रहेको जीएमको प्लान्ट किन्ने सम्झौता पुनः तीन महिना थप गरिएको छ। दुई कम्पनीबीच सुरु सम्झौतापछि समय थप भएको यो दोस्रो पटक हो। 

images
images
images

जीएमको प्लान्टमा कार्यरत कर्मचारीहरूले समेत विभिन्न आन्दोलन गरिरहेका छन्। जीएम र कर्मचारीबीचको कानूनी लडाइसमेत जारी छ। जीएम र ग्रेटवालबीच अब २०२२ को जुनसम्ममा बिक्रीको प्रक्रिया टुंग्याइ सक्नुपर्ने छ। 

images

हालै सम्झौता तीन महिना थप्ने निर्णय हुनुपूर्व समेत समय थपिइसकेको छ। पहिलोपटक २०२१ को मध्यमा समय थप गर्दा सोही वर्षको अन्त्यसम्ममा खरिदको प्रक्रिया टुंग्याउने भनिएको थियो। 

images

ग्रेटवाल मोटरले भारतमा करिब १ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएको हो। ग्रेटवालको उक्त चाहनामा भारतको नियमन कानून अवरोध गरिरहेको छ।

images
images

सुरुमा २०२० को डिसेम्बरमा ग्रेटवाल र जीएमबीच खरिदको प्रक्रिया टुंगो लगाउने उल्लेख थियो। तर भारत सरकारले ग्रेटवालको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छैन। 

भारतले ग्रेटवालको एफडीआई प्रस्ताव स्वीकार नगरेपछि केही लगानी ब्राजिलतर्फ समेत सोजिएको छ। भारतमा गर्ने भनेको लगानी भने फिर्ता नै हुने अवस्था भने आइनसकेको ग्रटवाल इन्डियाको सञ्चालन प्रमुखले बताएका छन्। 

चिनियाँहरू अन्तर्राष्ट्रिय ब्रान्ड लिएर भारतमा

चिनियाँ सवारी उत्पादकहरू भारतीय बजारमा आकर्षित हुन थालेका छन्। बढ्दो सवारी बजारलाई ‘क्यास’ गर्ने उद्देश्यले चिनियाँ सवारी उत्पादक भारत प्रवेश गरेका हुन्। 

उनीहरू भारत प्रवेश गर्नुको अर्को लक्ष्य हो- भारतलाई आधार बनाएर उदीयमान एसियाली बजारमा आफ्नो उत्पादन लिएर जानु। चिनियाँलाई भारत प्रवेश गर्नासाथ सवारी उत्पादन गरि बजारमा ल्याउने आधार जनरल मोटर्सले दिएको हो। 

भारतीयहरूले चिनियाँ सवारीमा विश्वास गर्ने आधार नदेखेपछि स्थानिय सवारी उत्पादकसँग साझेदारी गर्ने वा अन्तर्राष्ट्रिय ब्रान्ड खरिद गरेर चिनियाँहरू भरतीय बजारमा प्रवेश गर्ने रणनीतिमा रहेको देखिन्छ। 

केही वर्षअघि चीनको सांघाईमा रहेको एसएआइसी मोटर कर्पोरेसन लिमिटेडले बेलायती सवारी उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) खरिद गर्‍यो। बेलायती ब्रान्ड एमजी मोटर्समार्फत चिनियाँ कम्पनी एसएआइसी भारतीय बजारमा प्रवेश गरेको थियो। 

एसएआईसीले २०१७ मा भारतबाट औपचारिक रुपमा प्लान्ट बन्द गरेर गएको अमेरिकी कम्पनी जनरल मोटर (जिएम) को प्लान्ट खरिद गर्नु उपयुक्त विकल्प देख्यो। अहिले एमजीले सोही प्लान्टबाट कार उत्पादन गरिरहेको छ। 

जीएमको बहिर्गमनले खोलेको ढोका

अमेरिकी सवारी उत्पादक कम्पनी जनरल मोटर्स (जीएम) ले भारतीय बजारमा दुईवटा प्लान्ट स्थापना गरेको थियो। भारतको गुजरात र महाराष्ट्रमा रहेका प्लान्टबाट सेब्रोलेका कार उत्पादन गरि बिक्री तथा निर्यात गर्दै आएको थियो। विविध कारण २०१७ मा जीएम भारतबाट औपचारिक रुपमा बाहिरियो। त्यसपछि चिनियाँ कम्पनी एसएआईसी भारत प्रवेशका लागि सहज वातावरण बनेको हो। 

एसएआईसीले जिएमको गुजरातमा रहेको हालोल प्लान्ट खरिद गरेको थियो। जीएमको उक्त प्लान्ट खरिदका लागि एसएआईसीको पूर्ण स्वामित्व रहेको एमजी मोटर इन्डियाले २ हजार करोड भारु खर्चेको थियो। एसएआईसी पछि ग्रेटवाल मोटर्सको प्रवेश चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेटवाल मोटर्सले पनि भारत प्रवेशको घोषणा गरेको थियो। 

ग्रेटवाल मोटर्सले भारतको महाराष्ट्रमा रहेको जनरल मोटर्सको प्लान्ट खरिद गर्ने सम्झौता गरेको थियो। कम्पनीले उक्त प्लान्ट खरिद गर्दै भारतमा करिब १ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना गरेको हो।  ग्रेटवाल मोटर्स भारतमा २०२० को फेब्रुअरीमा हुने अटो एक्स्पो २०२० बाट औपचारिक रुपमा प्रवेश गर्दै छ। 

ग्रेटवाल मोटरले भारतमा सहायक कम्पनी हाभाल मोटरमार्फत उक्त लगानी गर्ने भनेको छ। यो कम्पनी भारत सरकारले दिएको कर्पोरेट कर छुट (१५ प्रतिशत) पाउन योग्य नभएको यसअघि नै बताइसकेको छ। छुट नपाउँदा भारतमा कर्पाेरेट करको दर १७.०१ प्रतिशत लाग्ने व्यवस्था छ। 

नेपालमा समेत ग्रेटवाल मोटर र उसको सहायक ब्रान्ड हाभाव नेपाली बजारमा समेत उपलब्ध रहेको छ। हाल चीनबाट नै ग्रेटवाल तथा हावालका सवारी भित्रिरहेको छ। भारतमा उत्पादन भएपछि भारतबाटै आयात हुने जनाइएको छ। 

जीएम पछि अर्को अमेरिकी कार उत्पादक फोर्डले समेत भारतबाट बाहिरिने निर्णय गरिसकेको छ। २०२१ को अन्त्यतिर फोर्डले भारतमा सवारी उत्पादन बन्द गर्ने निर्णय गरेको थियो। निर्यात प्रयोजनका लागि २०२२ को मध्यतिर सम्ममात्र उत्पादन हुने र त्यसपछि पूर्ण रुपमा बन्द हुनेछ। 

भारतमा फोर्डका गुजरात र तामिलनाडूमा दुई वटा प्लान्ट रहेका छन्। तामिलनाडू प्लान्ट खरिद गर्न टाटाले इच्छा देखाएको छ भने अन्य विदेशि कम्पनीहरू समेत इच्छुक रहेको तामिलनाडूको उद्योग मन्त्रालयले जनाएको छ। त्यसमा समेत चिनियाँ कम्पनीहरू रहेको अनुमान गरिएको छ। 

images

प्रकाशित : बुधबार, पुस २८ २०७८०७:४१

प्रतिक्रिया दिनुहोस