मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

मध्यपहाडी लोकमार्गअन्तर्गत ‘डेउडी-भर्‍याङभुरुङ’ खण्ड अवरुद्ध

images
आइतबार, भदौ ३० २०८१
images
मध्यपहाडी लोकमार्गअन्तर्गत ‘डेउडी-भर्‍याङभुरुङ’ खण्ड अवरुद्ध

वडाध्यक्ष भरबहादुर तामाङका अनुसार सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यावसायी पछिल्लो एक वर्षदेखि कार्यक्षेत्रमा फर्किएको छैन।

images
images

नुवाकोट- मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको डेउडी-भर्‍याङभुरुङ खण्डमा गए रातिको अविरल वर्षाले क्षति पुर्‍याउँदा आवतजावत प्रभावित भएको छ।

images
images
images

विदुर नगरपालिका-१३ सुन्दरेफाँट र हुलाकघर स्थित दहीचिउरे खोलामा आएको बाढीले नुवाकोटको सामरीबाट धादिङ हुँदै गोरखा जाने सडक अवरुद्ध भएको हो।

images
images

बाढीले क्षति पुर्‍याउँदा करिब चार किलोमिटर सडकमा आवतजावत गर्नसक्ने अवस्था छैन भने सुन्दरेफाँट र हुलाक घरको सडक आसपासमा बासोबास गर्ने ५५ घरधुरी परिवारको आवासमा क्षति पुगेको विदुर-१३ का अध्यक्ष भरतबहादुर तामाङले जानकारी दिए।

images
images

उनका अनुसार सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यावसायी पछिल्लो एक वर्षदेखि कार्यक्षेत्रमा फर्किएको छैन।

साथै राष्ट्रिय गौरवको आयोजनाको कार्यक्षेत्रभित्र पर्ने भएकाले अर्को निकायले काम गर्न नपाउँदा अवरुद्ध सडक सञ्चालनमा समस्या भएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको विदुर-१३ डेउडीबाट सामरीभञ्याङ हुँदै धादिङको कटुञ्जेसम्म १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित लुम्बिनी/मृतसञ्जिवन जेबीले विंस २०७५ असारमा जिम्मेवारी पाएको थियो। रासस


प्रकाशित : आइतबार, भदौ ३० २०८११६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend