बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप १ खर्ब तरलता प्रशोचन गर्दै

आइतबार, भदौ ३० २०८१
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप १ खर्ब तरलता प्रशोचन गर्दै

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रणालीबाट २१ दिनका लागि १ खर्ब तरलता प्रशोचन गर्न लागेको हो।

काठमाडौं- राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमबाट १ खर्ब तरलता खिच्नका लागि बोलपत्र आव्हान गरेको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रणालीबाट २१ दिनका लागि १ खर्ब तरलता प्रशोचन गर्न लागेको हो।

यसअघि राष्ट्र बैंकले जारी गरेको १ खर्ब निक्षेप संकलन उपकरणमा ५० अर्ब हाराहारीमा मात्रै बिक्री भएको थियो। त्यसपछि आव्हान गरेको ४० अर्बको निक्षेप संकलन उपकरणमा पनि बैंक वित्तीय संस्थाहरुले ९ अर्ब खरिद गरेका थिए। 

निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह न्युन भएपछि बैंक वित्तीय संस्थाहरुमा अधिक तरलताको समस्या विगत दुई वर्षयता रहँदै आएको छ। 

बैंकिङ प्रणालीमा रहेको अधिक तरलताका कारण ब्याजदर न्युन बिन्दुमा आउन नदिनका लागि राष्ट्र बैंकले ३ प्रतिशत निक्षेप संकलन दरमा तरलता खिचिरहेको छ।

बैंकहरुको अन्तर बैंकिङ ब्याजदर ३ प्रतिशतभन्दा तल नआउने गरी राष्ट्र बैंकले नियमितिरुपमा निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको हो।


प्रकाशित : आइतबार, भदौ ३० २०८१११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend