शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

आइतबार पनि बन्यो सुनको मूल्यमा रेकर्ड

images
आइतबार, भदौ ३० २०८१
images
images
आइतबार पनि बन्यो सुनको मूल्यमा रेकर्ड

आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेर १ लाख ५६ हजार ८ सय रूपैयाँ पुगेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा लगातार दुई दिन सुनको मूल्यमा रेकर्ड कायम भएको छ। शुक्रबार रेकर्ड मूल्यमा कारोबार भएको सुन आइतबार पनि शुक्रबारको रेकर्ड तोडेर नयाँ मूल्यमा पुगेको हो। 

images
images

शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो। आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेर १ लाख ५६ हजार ८ सय रूपैयाँ पुगेको छ। 

images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

images
images
images

त्यस्तै शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य पनि बढेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय रूपैयाँ कायम भएको छ। 

शुक्रबार चाँदी प्रतितोला १ हजार १ सय ६० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। 


प्रकाशित : आइतबार, भदौ ३० २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend