मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ३० २०८१
images
कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन

शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो।

images
images

ललितपुर- हिजो शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि आइतबार बिहानदेखि सवारीसाधन निर्वाध सञ्चालन भएका छन्। आज आइतबार बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो।

images
images
images

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो। शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो।

images
images

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताए। रासस

images
images


प्रकाशित : आइतबार, भदौ ३० २०८११०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend