शुक्रबार, असोज ४ गते २०८१    
images
images

साना डिजिटल कारोबार नि:शुल्क गराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

images
आइतबार, भदौ ३० २०८१
images
images
साना डिजिटल कारोबार नि:शुल्क गराउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

इन्टरनेटको सहजताले साना साना कारोबार पनि डिजिटल हुँदै गइरहेकाले यसलाई निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको प्रधानमन्त्री केपी ओलीले उल्लेख गरेका छन्।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले साना विद्युतीय कारोबार नि:शुल्क गर्न सक्रिय देखिएका छन्। मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त शुल्कका बारेमा सर्वसाधारणले चासो व्यक्त गरिरहेकाले आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री ओलीले फेसबुकमा स्टाटस नै लेखेका छन्। 

images
images
images

प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समेत मोबाइल बैंकिङको सेवा शुल्क महँगो भएको भन्दै केही दिन अगाडि सामाजिक सञ्चालमा प्रश्न उठाएका थिए।

इन्टरनेटको सहजताले साना साना कारोबार पनि डिजिटल हुँदै गइरहेकाले यसलाई निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको प्रधानमन्त्री केपी ओलीले उल्लेख गरेका छन्। 

'हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन्। आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौँ। इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौँ। साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु', प्रधानमन्त्री ओलीले भनेका छन्। 

images

सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐन मार्फत डिजिटल कारोबारमा मूल्य अभिवृद्धि कर(भ्याट) लगाएर मोबाइल बैंकिङ शुल्क थप महँगो बनाएको छ। डिजिटल अर्थतन्त्र र क्यासलेस कारोबारलाई प्रोत्साहन गर्ने बताउँदै आएपनि सरकारले विद्युतीय कारोबार शुल्कमा भ्याट लगाएर यसलाई निरुत्साहित गर्ने नीति लिएको देखिन्छ। चालु आर्थिक वर्षको आर्थिक ऐन मार्फत डिजिटल कारोबारमा भ्याट लाएसँगै मोवाइल बैंकिङ सेवा शुल्क थप महँगो भएको छ। 

फोन पे मार्फत जति रकम ट्रान्सफर गरेपनि सेवा शुल्क ११.३० रुपैयाँ तिर्नुपर्ने छ। फोन पे एफवान सफ्ट अन्तर्गतको कम्पनी हो। बैंक वित्तीय संस्थाहरुले एफवान सफ्टको मोवाइल बैंकिङ प्रविधिको प्रयोग गर्छन्। बैंक वित्तीय संस्थाहरुलाई एफवान सफ्टले प्रविधि निःशुल्करुपमा उपलव्ध गराए पनि मर्मत संभारका नाममा मोटो रकम लिने गरेको छ। 

यही प्रविधिका आडमा उसले क्यूआर कोर्डमा एकाअधिकार कायम गरेको छ। जसमा राष्ट्र बैंकसमेत मौन छ। राष्ट्र बैंक र  बैंक वित्तीय संस्थाहरुको संयुक्त लगानीमा खोलिएको नेपाल क्लियरिङ हाउसले तुलनात्मकरुपमा मोबाइल बैंकिङ सेवा शुल्क सस्तो भएपनि फोन पेबाट बैंक वित्तीय संस्थाले प्राप्त गर्ने कमिसनका कारण एनसिएचएलको क्युआर कोड बैंकहरुको मोबाइल बैंकिङ एप्लिकेसनमा समावेश गर्न दिएको छैन।

यतिसम्म कि राष्ट्र बैंकले फोन पेलाई सहज हुनेगरी कारोबारको सीमा पनि निर्धारण गरिदिएको छ। नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएसबाट  एक पटकमा ३ लाखसम्म अन्तर बैंकिङ रकम ट्रान्सफर गर्न सक्ने भएपनि फोन पे मार्फत उक्त रकम ३ पटकमा मात्रै पठाउँन सकिन्छ। 

फोन पेले १ दिनमा २ लाखसम्म ट्रान्सफरको सुविधा दिने भएकाले ३ लाख रुपैयाँ पठाउँन थप २४ घण्टा कुर्नुपर्ने बाध्यता छ। नेपाल क्लियरिङ हाउसमार्फत ३ लाख रुपैयाँ फण्ड ट्रान्सफर गर्दा १६ रुपैयाँ लाग्छ भने २४ घण्टा कुरेर फोनपेबाट ३ लाख रुपैयाँ पठाउँदा ३३.९० रुपैयाँ शुल्क तिर्नुपर्ने बाध्यता छ। 


प्रकाशित : आइतबार, भदौ ३० २०८१०८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend