शुक्रबार, असोज ४ गते २०८१    
images
images

एयरबस ३२० को इन्जिन 'गायब', एक वर्षदेखि भाडाको इन्जिनमा उड्दै 'लुम्बिनी' जहाज

images
आइतबार, भदौ ३० २०८१
images
images
एयरबस ३२० को इन्जिन 'गायब', एक वर्षदेखि भाडाको इन्जिनमा उड्दै 'लुम्बिनी' जहाज

अझै पनि नोभेम्बरमा बिग्रिएको इन्जिन मर्मत भएको छैन। नोभेम्बरमा बिग्रिएको इन्जिन २०२४ को अक्टोबर २८ मा मर्मतका लागि इजरायलको 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई)लाई दिइएको थियो।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कलसाइन नाइन एन एकेएक्स 'लुम्बिनी' नाम दिइएको ए ३२० जहाजमा एक वर्षदेखि भाडाको इन्जिन प्रयोग भइरहेको छ। तर निगमले आफ्नो इन्जिन मर्मतमा लापरबाही गरिरहेको छ।

images
images
images

निगमले २०२३ को नोभेम्बर २३ मा बिग्रिएको इन्जिन अझै मर्मत गर्न सकेको छैन। इन्जिन मर्मत नहुँदा जहाजमा भाडाको इन्जिन प्रयोग भइरहेको छ।

भाडाको इन्जिन प्रयोगमा निगमले दैनिक १० लाख रुपैयाँ खर्च गरिरहेको छ। नोभेम्बर ३० मा जहाजको इन्जिन बिग्रँदा जहाज पाँच महिनासम्म ग्राउन्डेड भएको थियो। जहाज ग्राउन्डेड हुँदा निगमले साढे एक अर्ब क्षति व्यहोरेको सरकारी अध्ययनबाट नै आइसकेको छ। 

अझै पनि नोभेम्बरमा बिग्रिएको इन्जिन मर्मत भएको छैन। नोभेम्बरमा बिग्रिएको इन्जिन २०२४ को अक्टोबर २८ मा मर्मतका लागि इजरायलको 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई)लाई दिइएको थियो। ६५ दिनमा इन्जिन मर्मत गर्नुपर्ने सर्तमा इन्जिन मर्मतका लागि छोडिएपनि १४० दिन पूरा भइसक्दा पनि इन्जिन मर्मत भएको छैन। इन्जिन कहिले आउँछ भन्ने विषयमा निगमका कर्मचारी नै अनभिज्ञ छन्। 

images

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले इन्जिन मर्मतमा कुनै चासो दिएका छैनन्। अधिकारीले एउटै कम्पनीलाई इन्जिन मर्मत तथा भाडाको इन्जिन लिने गरी आर्थिक लाभ लिँदै सम्झौता गरेका कारण इन्जिन मर्मतमा ढिलासुस्ती भएको छ।

इजरायलको कम्पनीलाई इन्जिन मर्मत ढिला गरेपनि भाडाको इन्जिनबाट कमाइ भइरहेको छ। जसका कारण उसले कुनै पनि इन्जिन समयमा नै मर्मत गरेको छैन।

इन्जिन भाडाबापत निगमले जहाज उडे पनि नउडेपनि दैनिक २ हजार डलर, प्रतिसाइकल २ सय ३९ डलर र प्रतिघण्टा २ सय ७८ डलर खर्च भइरहेको छ। निगमको यो जहाज दैनिक १३ घण्टा तथा प्रतिदिन ४ साइकलका दरमा उडान भइरहेको छ।  यसरी १ सय ४१ दिनको इन्जिन भाडाको रकम मात्रै सवा १२ करोड खर्च भइसकेको छ।

यसबाहेक पनि यही भाडाकै इन्जिन २०२३ को सेप्टेम्बर २८ देखि नोभेम्बर ३० सम्म ६० दिन प्रयोग भएको थियो। त्यसबेला पनि भाडाको इन्जिनमा ५ करोड २५ लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो।

'नाइन एन एकेएक्स' जहाजमा इन्जिन भाडाको च्रक

नाइन एन एकेएक्स जहाज २०२३ को जुन २० एउटा इन्जिनमा समस्या आएर जहाज ग्राउन्डेड भयो। त्यसपछि मात्रै कार्यकारी अध्यक्ष अधिकारीले इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने कम्पनी छनोट प्रक्रिया सुरु गरे।

जुनसुकै एयरलाइन्सले इन्जिन मर्मतका लागि पहिले नै कम्पनी छनोट गरेर राखेको हुन्छ। तर अधिकारीले हतार-हतारमा कम्पनी छनोटमा कमिसन बढी लिन सोहीअनुसार काम थाले। अधिकारीले सेटिङमा नै 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई)सँग इन्जिन मर्मत तथा भाडामा लिने गरी सम्झौता गरे। जुन २० मा बिग्रिएको इन्जिन मर्मतका लागि सेप्टेम्बर २८ मा इजरायल लगेर छोडियो।

इन्जिन मर्मतका लागि छोडेर उही कम्पनीसँग अधिकारीले दैनिक २ हजार डलर, प्रतिसाइकल २ सय ३९ डलर र प्रतिघण्टा २ सय ७८ डलरको दरमा इन्जिन भाडामा लिएर जहाज उडानमा ल्याए। इन्जिन ६५ दिनमा मर्मत गरेर दिन गरी सम्झौता भयो। भाडाकै इन्जिनको भरमा उडान सुरु गरेको सोही जहाजको अर्को इन्जिनमा फेरि समस्या आयो।

जहाज नोभेम्बर ३० देखि ग्राउन्डेड भयो। सेप्टेम्बर २८ मा दिएको इन्जिन मर्मतमा लापरबाही भएको भए उक्त समयमा इन्जिन मर्मत भएर निगमले पाउनुपर्ने थियो। तर इन्जिन मर्मत नभएका कारण जहाज ग्राउन्डेड भयो। इन्जिन बिग्रिएपछि भाडामा इन्जिन दिनुपर्ने कम्पनीले थप अर्को भाडाको इन्जिन निगमलाई दिएन।

किनकि जहाज पहिले नै एउटा इन्जिन भाडाको प्रयोग भएको थियो। जहाज त्यसपछि २०२४ को अप्रिल २८ सम्म इजरायल नै लगेर थन्क्याइयो। २०२३ को जुन २० मा बिग्रिएको र सेप्टेम्बर २८ मा मर्मतका लागि दिएको इन्जिन मर्मत गरेर कम्पनीले दियो। नोभेम्बर ३० मा बिग्रिएको इन्जिन झिकेर उक्त ठाउँमा मर्मत इन्जिन हालियो।

सेप्टेम्बर २८ देखि भाडामा लिइएको इन्जिन यथावत नै राखेर जहाज उडानमा ल्याइयो। नोभेम्बरमा बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर निगमको जहाज आयो। उक्त इन्जिन मर्मतका लागि छोडेर आएको साउन भदौ ३० गतेसम्म १ सय ४१ दिन  भएको छ। तर इन्जिन मर्मत कहिले हुन्छ निगमलाई नै जानकारी छैन। तर यता भाडाको इन्जिनमा दैनिक सवा १२ करोड रूपैयाँ खर्च भइरहेको छ। 


प्रकाशित : आइतबार, भदौ ३० २०८११३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend