मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने

images
शनिबार, भदौ २९ २०८१
images
सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने

बजेट पारित नहुँदा गत साउन १ गतेदेखि सरकारको राजस्व संकलन, खर्चलगायत अत्यावश्यक काम रोकिएका छन्।

images
images

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ।

images
images
images

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर प्रस्तुत गरिने जानकारी दिए। उनले भने, 'जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट निर्माणको तयारी पूरा भइसकेको छ। यही भदौ ३१ गते सार्वजनिक गर्नेछौँ।'

images
images

मुख्यमन्त्रीले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारे।

images
images

सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नभइ अलपत्र परेको थियो। सोही बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याउन लागेको मुख्यमन्त्री शाहले जानकारी दिए।

बजेट पारित नहुँदा गत साउन १ गतेदेखि सरकारको राजस्व संकलन, खर्चलगायत अत्यावश्यक काम रोकिएका छन्। शाह नेतृत्वको नयाँ सरकारले अध्यादेशमार्फत राजस्व संकलन कार्य सञ्चालन गरिसके पनि बजेट शून्यताको अवस्था भने अझै हटेको छैन।

प्रदेश सरकार बजेटविहीन हुँदा कर्मचारीको तलब, भत्ता, सञ्चालन खर्चलगायत शीर्षकमा दुई महिनादेखि भुक्तानीको समस्या भइरहेको छ। केन्द्रमा बनेको समीकरणअनुसार कांग्रेसका नेता शाहको नेतृत्वमा गत साउन २२ गते नयाँ सरकार गठन भएको थियो।

सोडारी नेतृत्वको तत्कालीन सरकारले चालु आवका लागि ३१ अर्ब ३२ करोड ९८ लाख रूपैयाँको बजेट प्रदेशसभामा पेस गरेको थियो। योमध्ये चालुतर्फ ११ अर्ब सात करोड १९ लाख रूपैयाँ र पुँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख रूपैयाँ छुट्याइएको थियो। वर्तमान सरकारले ३० अर्ब रूपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। रासस 


प्रकाशित : शनिबार, भदौ २९ २०८११६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend