मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो

images
शनिबार, भदौ २९ २०८१
images
सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो

सहकारीले हाटबजार सुरु गरेको पाँच महिनामा किनमेल गर्नेको भीड बढ्न थालेको छ।

images
images

काठमाडौं- गोकर्णेश्वर नगरपालिका-४ स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुरु गरेको सदस्य केन्द्रित हाटबजारमा उपभोक्ताको घुइँचो बढ्न थालेको छ।

images
images
images

सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको आरोप लागिरहेका बेला चिनारीले भने प्रत्येक महिनाको अन्तिम शनिबार गोकर्णेश्वर-४ स्थित किसिगालमा हाटबजार गर्न थालेको हो।

images
images

सहकारीले हाटबजार सुरु गरेको पाँच महिनामा किनमेल गर्नेको भीड बढ्न थालेको छ। सहकारीका सदस्यले करेसाबारीमा उत्पादित कृषिउपज बजारमा राखी बिक्री गर्दै आएका छन्।

images
images

बिहान ६ बजेदेखि १० बजेसम्म लाग्ने बजारमा सस्तोमा गुणस्तरीय सामान पाइने भएकाले उपभोक्ताको भीड बढ्न थालेको सहकारीका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिए। उपभोक्ताले हप्तामा एकपटक हाटबजार सञ्चालन गर्न माग गरिरहेका उनले बताए।

सहकारीले उत्पादक सदस्य र उपभोक्ताबीच समन्वय गरी बजार सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गरे। हाटबजारमा सस्तोमा गुणस्तरीय उत्पादन पाइन्छ भन्ने सन्देश प्रवाह भएकाले उपभोक्ताको भीड लाग्न थालेको उनको भनाइ छ।

बजार सञ्चालन गर्न थालेपछि सहकारीका ऋणीसँग पैसा उठाउन पनि सजिलो भएको छ। 

उपभोक्ताले हप्ता दिनमा एकपटक बजार सञ्चालन गर्न माग गरेकाले पाक्षिक रुपमा सञ्चालनको तयारी भइरहेको सहकारी कृषि समितिका संयोजक सूर्यमाया श्रेष्ठले जानकारी दिए। हाल हाटबजार स्थलमा १५ वटा कक्ष राख्न सकिने भएकाले थप कक्ष राख्ने व्यवस्था गर्न लागिएको उनले बताए।

हाटबजारमा दैनिक उपभोग्य सामग्री पाइने भएकाले आफू सधैँ आउने गरेको स्थानीय रामबहादुर श्रेष्ठले उल्लेख गरे। 'स्थानीयस्तरमा उत्पादित ताजा तरकारी र अन्य कृषि उपज पाइने भएकाले कम्तीमा हप्तामा एकपटक बजार सञ्चालन गर्न माग गरेका छौँ', उनले भने।

हाटबजारमा विभिन्न किसिमका सागसब्जी, सिलाम, तयारी अचार, हातले बनाइएका कपडा, मूर्ति, पिठो, धूप, अगरबत्ती, नौनी, दूध, दही, फलफूलका बिरुवा, खुर्सानीलगायत सामग्री राखिएका छन्। हाटबजार लाग्ने दिन सहकारीले पाल, मेच र चियापानको व्यवस्था गर्दै आएको छ।

दुई हजार ६ सय १४ सेयर सदस्य रहेको सहकारीको कुल पुँजी ३४ करोड रूपैयाँ छ। सहकारीले सदस्य केन्द्रित गतिविधि गरिरहेकाले कुनै समस्या नआएको सहकारीका अध्यक्ष श्रेष्ठले बताए। सहकारीमा १० प्रतिशत खराब कर्जा रहेको भन्दै उठाउन पहल भइरहेको उनले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, भदौ २९ २०८११५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend