शुक्रबार, असोज ४ गते २०८१    
images
images

ऋण तिर्नकै लागि १ खर्ब ३५ अर्ब ऋण नेपाल एयरलाइन्सलाई दाताले पत्याएन, मन्त्रीलाई गुमराहमा राख्न तेस्रोपटक सूचना जारी

images
शनिबार, भदौ २९ २०८१
images
images
ऋण तिर्नकै लागि १ खर्ब ३५ अर्ब ऋण नेपाल एयरलाइन्सलाई दाताले पत्याएन, मन्त्रीलाई गुमराहमा राख्न तेस्रोपटक सूचना जारी

निगमले सार्वजनिक गरेको पहिलो, दोस्रो र तेस्रो सूचनामा १ खर्ब ३५ अर्ब रूपैयाँबराबरको ऋण दिने संस्थालाई आह्वान गरिएको छ।

images
images

काठमाडौं- सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले वित्तीय व्यवस्थापनका लागि भन्दै ऋण दिने संस्थाको खोजी गरिरहेको छ। तर हालसम्म निगमलाई कुनै पनि संस्थाले पत्याएका छैनन्।

images
images
images

निगमले ऋण तिर्नकै लागि ऋण खोज्दै जनवरी २३ मा पहिलोपटक सूचना जारी गरेको थियो। निगमले १ खर्ब ३५ अर्ब ऋण दिने संस्था खोजीका लागि सूचना जारी गरेको थियो। ४५ दिनको समयसीमामा कुनै पनि कम्पनीले चासो नदेखाएपछि निगमले पुन: सूचना जारी गरेको थियो।

दोस्रोपटक निगमले सन् २०२४ को अप्रिल ११ सम्मको सयमसीमा राखेर सूचना जारी गरेको थियो। दोस्रो पटकको सूचनामा पनि कसैले चासो नदेखाएपछि निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले स्पष्टीकरण सोधेपछि काम गरिरहेको देखाउन फेरि ऋण खोज्ने प्रस्तावको सूचना प्रकाशन गरेका छन्।

अधिकारीले आर्थिक व्यवस्थापनका लागि काम गरिरहेको देखाउँदै मन्त्रीलाई गुमराहमा राख्न दाताले नै चासो नदिएको विषयमा बारम्बार सूचना प्रकाशन गरिरहेका छन्।

images

नेपाल एयरलाइन्सले सार्वजनिक गरेको पहिलो, दोस्रो र तेस्रो सूचनामा १ खर्ब ३५ अर्ब रूपैयाँ बराबरको ऋण दिने संस्थालाई आह्वान गरेको छ। अहिलेको ऋणको व्यवस्थापन तथा थप जहाज खरिदका लागि वित्तीय स्रोतको आवश्यकता भएको भन्दै एयरलाइन्सले ऋण दिने संस्थाको खोजी गरेको हो। 

स्वदेशी तथा विदेशी सरकारी संस्था, गैरसरकारी वित्तीय संस्थाले यो टेन्डरमा प्रस्ताव गर्नसक्ने जनाइएको छ। नेपाल एयरलाइन्सले कुल १ खर्ब ३५ अर्ब ऋण आवश्यक भएको जानकारी दिएको छ। यसरी प्राप्त हुने ऋण ५५ अर्ब अहिलेको ऋण व्यवस्थापनमा प्रयोग हुने र त्यसपछि ७५ अर्ब नयाँ जहाज खरिदका लागि प्रयोग गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै ५ अर्ब ह्यांगर बनाउनका लागि उपयोग गर्ने उल्लेख गरेको छ। तेस्रोपटकसम्म आएको सूचनामा केही पनि परिमार्जन भएको छैन। तेस्रोपटकको सूचना भने सेप्टेम्बर १३ मा जारी भएको छ।

२५ अर्ब रुपैयाँका लागि परिवर्तन नहुने ब्याजदरमा यस्तो ऋण दिनुपर्ने सर्त राखिएको छ। यद्यपि ब्याजदर तथा विदेशी मुद्राको सटहीदर सरकारले स्वीकृत गरेअनुसार हुने उल्लेख गरिएको छ। 

ऋणको सुरक्षणका रुपमा नेपाल एयरलाइन्सले आफ्नो जहाज तथा परियोजना र भौतिक सम्पत्ति राख्न सकिने वा ऋणदाताले माग गरेअनुसारको हुने उल्लेख गरेको छ।

नेपाल एयरलाइन्ससँग हाल दुईवटा एयरबस ३३० र दुईवटा ३२० जहाज छन्। १० गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सले २ वटा जहाजबाट आन्तरिक उडान गर्दै आएको छ। तर आन्तरिक उडानमा रहेको एउटा ट्वीनअटर जेठ २३ गते ग्राउन्डेड छ। अन्तर्राष्ट्रिय उडानमा त कुनै पनि दिन ४ वटै जहाज उडेको रेकर्ड नै हुन छोडको छ।

अहिले पनि एउटा वाइडबडी अगष्ट २८ देखि सी-चेकका लागि इटाली लगेर राखिएको छ। एयरबसका चारवटा जहाज खरिद गर्दा नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको ऋण भुक्तानीमा समेत निरन्तर समस्या भइरहेको छ। नेपाल एयरलाइन्सलाई सरकारी स्वामित्वका यी संस्थाले ऋण दिन नसक्ने बताइरहेको समयमा अहिले विदेशी संस्थाबाट ऋण लिन खोजेको हो। 

यता निगमको आम्दानी पनि घट्दो छ। ऋणमात्रै ५४ अर्ब रुपैयाँ हाराहारीमा पुगेको छ।


प्रकाशित : शनिबार, भदौ २९ २०८११५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend