मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

सरकारले पर्यटन विकासमा सघाउँछ : प्रधानमन्त्री ओली

images
शनिबार, भदौ २९ २०८१
images
सरकारले पर्यटन विकासमा सघाउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले दुई अर्ब ५० करोड रूपैयाँको लगानीमा निर्मित एकसय दुई शय्यायुक्त होटलको उद्घाटन गरेका हुन्।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले  स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गरेका छन्। उनले दुई अर्ब ५० करोड रूपैयाँको लगानीमा निर्मित एकसय दुई शय्यायुक्त होटलको उद्घाटन गरेका हुन्।

images
images
images

होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताए।

images
images

प्रधानन्त्री ओलीले सुशासनसहित जनतालाई छिटोछरितो  सेवा दिन सरकार क्रियाशील रहेको बताए।

images
images

'व्यवसायीहरु निर्वाधरुपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ। कामका लागि कहीँकतै नजराना बुझाउनुपर्दैन। सरकारी निकायले गर्ने कामको फाइल रोकिँदैन। कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन हामीले प्रविधि बनाइसकेका छौँ', प्रधानन्त्री ओलीले भने, 'तपाईँहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस्। सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन।' रासस


प्रकाशित : शनिबार, भदौ २९ २०८११३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend