सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

दूध किसानले पाएनन् ७४ करोड भुक्तानी

images
शनिबार, भदौ २९ २०८१
images
दूध किसानले पाएनन् ७४ करोड भुक्तानी
फाइल तस्बिर

फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ। दुग्ध विकास संस्थानको मात्रै ३३ करोड रूपैयाँभन्दा बढी भुक्तानी रोकिएको छ।

images
images

चितवन- यहाँका दुग्ध उत्पादक किसानले ७४ करोड रूपैयाँभन्दा बढी भुक्तानी पाएका छैनन्। फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ।

images
images
images

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानको मात्रै ३३ करोड रूपैयाँभन्दा बढी भुक्तानी रोकिएको छ। जिल्लाका एकसय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो।

images
images

भुक्तानी माग गर्दै संघले विभिन्न निकायमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत भुक्तानी नपाएको बगाले बताउँछन्। जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ। त्यसमध्ये एक लाख ५१ हजार लिटर दूध जिल्ला बाहिर जाने गर्दछ। बगालेका अनुसार काठमाण्डौं, पोखरा, मकवानपुर, भक्तपुर, ललितपुर लगायतका जिल्लामा यहाँबाट दूध जाने गरेको छ।

images
images

दूधको भुक्तानी समयमा नहुँदा यसको प्रभाव प्रत्यक्ष रुपमा किसानमा परेको छ। डेरी उद्योगले दूध बिक्री नभएपछि पाउडर र नौनी बनाएर राखेका छन्। ती सामग्री बिक्री नहुँदा भुक्तानी गर्न नसकेको उद्योगहरुले जनाउँदै आएका छन्। यद्यपी बिक्री भएकाहरुले पनि भुक्तानी नगरेको किसानको गुनासो छ।

यता गर्मी मौसमसँगै दूधको खपत बढेपछि यहाँको चितवन मिल्क उद्योगमा प्रशोधन गर्न दूध नपाउँदा उद्योग बन्द अवस्थामा छ। उद्योगले सहकारी र निजी फार्मबाट आएको दूध शुल्क लिएर प्रशोधन गरी पठाउने गरेको थियो। धुलो दूध र नौनी बिक्री नभएपछि उद्योगका गोदाम दुग्धजन्य पदार्थले भरिएका थिए। ती सामग्री घट्दै गएको भए पनि उद्योग भने सञ्चालन हुन सकेको छैन।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले पाँच महिनादेखि उद्योग बन्द भएको बताए। दूध नपाएपछि गएको बैशाखबाट उद्योग बन्द भएको हो। विभिन्न संघ संस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि पाउन नसकिएको उनले बताए। एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ। उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ।

सहकारी र फर्मले दूध नल्याएपछि आफैले दूध किनेर भए पनि मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजनामा रहेको उनले बताए। गएको वर्ष यो मौसममा दूधको अभाव थिएन। अघिल्ला वर्षमा असार १५ बाट साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था नआएको पराजुली बताउँछन्।

उद्योगमा ३३ जना कर्मचारी रहेका छन्। उद्योग सञ्चालन नहुँदासमेत मासिक १५ लाख रूपैयाँ खर्च हुने पराजुली बताउँछन्। गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फर्मले नलगेपछि दुई पटक झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नु परेको थियो।

केही दिन अघि उद्योगले २० हजार लिटर दूध खरिद गरेर मेसिन सञ्चालन गरेको थियो। मेसिन लामो समय बन्द रहँदा बिग्रने भएकाले दूध आफै किनेर समय समयमा सञ्चालन गरिँदै आएको छ। पराजुलीले भने, 'हामीले दूध किन्छौँ भन्दा पनि पाएका छैनौं, आउँदो हप्ता सर्लाहीमा एउटा संस्थाले दिन्छु भनेको छ।'

विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ। प्रतिलिटर पाउडर दूधको एक सय १३ रूपैयाँ र घ्यू (बटर) को प्रतिकिलो ५५ रूपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ। विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो। उद्योग भरतपुर महानगरपालिका-१ ठिमुरामा रहेको छ। रासस


प्रकाशित : शनिबार, भदौ २९ २०८११२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend