शुक्रबार, असोज ४ गते २०८१    
images
images

तरकारी खेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

images
शनिबार, भदौ २९ २०८१
images
images
तरकारी खेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

तीन दशक अघिदेखि तरकारीखेतीमा जमिरहेकी उर्मिला डगौराले लहरे तरकारीबाटै सिजनमा दुई लाख रूपैयाँसम्म बचत हुने गरेको बताइन्।

images
images

कञ्चनपुर- मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छिन् बेदकोट नगरपालिका-७ मन्दिरपुरका उर्मिला डगौराले।

images
images
images

तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छिन्। उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहेकी छिन्। छोरी रविना चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छिन्।

'हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,' उर्मिलाले भनिन्, 'तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो।' २०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती गरेकी उनले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गरिन्। त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उनको भनाइ छ।

उनको मेहनतमा श्रीमान रामबहादुरको ठूलो सहयोग छ। तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उनका श्रीमानले किराना पसल सञ्चालन गरेकी छिन्। उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गरेका छन्।

images

'तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ', उर्मिलाले भनिन्, 'अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी  भइरहेको छ।'

उनले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म ६० लाख रूपैयाँ खर्च भइसकेको बताइन्। सबै खर्च तरकारीखेतीबाटै धानेको उनको भनाइ छ। उनले लहरे तरकारीबाटै सिजनमा दुई लाख रूपैयाँ बचत हुने गरेको बताइन्।

तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरुको समूह गठन गर्‍यो। सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उनी आबद्ध भइन्। सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उनको अनुभव छ।

उनले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताइन्। 'हामीले परम्परागत रुपमा खेती गर्दै आएका थियो', उनले भनिन्, 'सहकारीले धेरै ज्ञान दियो त्यसले उत्पादनमा फाइदा भयो।' उक्त समूहमा १६ महिला आबद्ध छन्। 

सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दको भनाइ छ। रासस


प्रकाशित : शनिबार, भदौ २९ २०८१११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend