सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा

images
शनिबार, भदौ २९ २०८१
images
अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा

जिल्ला प्रशासन कार्यालय बैतडीले लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन गरेको छ।

images
images

बैतडी- लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सञ्चालनमा ल्याइएको छ।

images
images
images

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खसेको थियो भने महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ४ सिल्लेक र वडा नं ६ सलसेनामा पहिरो खसेको थियो।

images
images

दुवै स्थानमा खसेको पहिरो पन्छाएपछि आजदेखि यातायातका साधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

images
images

लगातार तीन दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ। 

यहाँ गत बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा शनिबारसम्म वर्षा हुने प्रक्षेपण गरेको छ।

जिल्ला प्रशासन कार्यालय बैतडीले लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन गरेको छ। रासस


प्रकाशित : शनिबार, भदौ २९ २०८१११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend