मंगलबार, मंसिर १८ गते २०८१    
images
images
नबिल र बंगलादेश बैंक मर्जर संकटमा

राष्ट्र बैंकसहितलाई विपक्षी बनाएको मुद्दाको पेशी दुगडकै वकिलले स्थगित गराए

images
मंगलबार, पुस २७ २०७८
images
images
राष्ट्र बैंकसहितलाई विपक्षी बनाएको मुद्दाको पेशी दुगडकै वकिलले स्थगित गराए
images
images

काठमाडौं- नेपाल बंगलादेश बैंक (एनबी) मा रहेको आईएफईसीको सेयर सम्झौता विपरित चौधरी समूहलाई बिक्री गरेको भन्दै सनराइज बैंकका अध्यक्ष मोती दुगडले अदालतमा दायर गरेको मुद्दाको पेशी आफै स्थगित गराएका छन्। चौधरी समूह र दुगड समूहको इगो लडाइँमा एनबी बैंकको सेयर खरिद बिक्री चपेटामा पर्ने भएको छ। 

images
images
images

उच्च अदालत पाटनमा दुगडले आफूसँग भएको सम्झौताविरुद्ध आईएफआईसी बैंकले अर्कै पक्षलाई बिक्री गरेको भन्दै मुद्दा दायर गरेका थिए। उक्त मुद्दाको पेशी मंगलबारलाई तोकेको भए पनि निवेदन पक्षकै कानुन व्यवसयायीले मुद्दा स्थगित गराएका हुन्। मंगलबार न्यायाधीशद्वय नृपध्वज निरौला र नारायणप्रसाद पौडेलको संयुक्त इजलासमा पेशी तोकिएको थियो।  

images

दुगड समूहले नौ महिनाअघि सेयर बेच्ने सम्झौता आफूसँग भएको दावी गर्दै मुद्दा दायर गरेको थियो। बंगलादेश बैंकका रहेको आईएफआईसीको सेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गरेसँगै नबिल बैंकसँग मर्जर प्रक्रियाले औपचारिकता पाएको थियो। 

images

उक्त खरिदविरुद्ध दुगडले मुद्दा दायर गरेका हुन्। आईएफआईसीको ४ करोड २२ लाख ६७ हजार ९११ कित्ता सेयर चौधरीले ६ अर्ब ६३ करोड ६० लाख रुपैयाँमा खरिद गर्ने सम्झौता भएको चर्चा छ। अहिलेसम्म सम्झौता सार्वजनिक गरिएको छैन। 

दुगड समूहले नेपाल बंगलादेश बैंक, आईएफआईसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइ पाटन उच्च अदालतमा मुद्दा हालेको थियो। गत २१ गते दुगडको पक्षमा परमाआदेशसमेत भएको थियो। दुगडकै माग बमोजिम भएको परमादेशको अनुसार मंगलबार दुईपक्षलाई छलफलमा बोलाइएको थियो। 

दुगड समूहले आईएफआईसी बैंकको सम्पूर्ण सेयर १५७ रुपैयाँ प्रतिकित्ताका दरमा खरिद गर्ने गरी सम्झौता दाबीसहित दुगड समूहले मुद्दा हालेको थियो। दुगड समूहले आफूले नेपाल बंगलादेश बैंक सेयर खरिद गरेर सनराइज बैंकमा गाभ्ने योजना बनाएको थियो। 


प्रकाशित : मंगलबार, पुस २७ २०७८१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend