सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै तीन हजार रुपैयाँले बढ्यो

images
शुक्रबार, भदौ २८ २०८१
images
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै तीन हजार रुपैयाँले बढ्यो

चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ ले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबारका लागि १ हजार ८ सय ६० रुपैयाँ निर्धारण भएको छ।

images
images

काठमाडौं- स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले वृद्धि भएको छ।

images
images
images

बिहीबार प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबारका लागि १ लाख ५६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च बिन्दु हो। यसअघि गएको बुधबार सुन १ लाख ५३ हजार ४ सय रूपैयाँको कीर्तिमानी मूल्यमा पुगेको थियो। 

images
images

यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ ले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबारका लागि १ हजार ८ सय ६० रुपैयाँ निर्धारण भएको छ। 

images
images

सुनको मूल्य विश्व बजारमा पनि ऐतिहासिक बिन्दुमा पुगिरहेको छ। सुनको मूल्यले अन्तर्राष्ट्रिय बजारमा पनि प्रत्येक महिना नयाँ कीर्तिमान बनाउँदै आएको छ। अहिले सुनको मूल्यमा उछाल आइरहनुको मुख्य कारण डलर इन्डेक्समा भइरहेको गिरावट नै मानिएको छ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ। २०६६ सालअघि नेपालमा खुलारुपमा सुनको आयात गर्न पाइन्थ्यो। २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न सक्थे।

राष्ट्र बैंकले दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ। आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। 


प्रकाशित : शुक्रबार, भदौ २८ २०८११२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend