सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

असोज पहिलो सातादेखि कर्णालीका ९ जिल्लामा सुपथ मूल्य पसल

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २८ २०८१
images
असोज पहिलो सातादेखि कर्णालीका ९ जिल्लामा सुपथ मूल्य पसल

सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन हुने छ।

images
images

सुर्खेत- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।

images
images
images

कम्पनीले सुर्खेतसहित ९ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो।

images
images

उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिए।

images
images

सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उनले जानकारी दिए। 

कम्पनीले गत वर्ष पनि प्रदेशका सल्ल्यानबाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो। उपभोक्ताको उच्च  मागलाई ध्यान दिएर  यस वर्ष चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिनेछ।

सल्ल्यानमा कम्पनीको कार्यालय नभएका कारण त्यहाँ सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको हो। अन्य जिल्लामा असोज ७ गतेदेखि पसल सञ्चालन हुने उनले बताए। रासस  


प्रकाशित : शुक्रबार, भदौ २८ २०८११०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend