सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार २ लाख ५० हजार रुपैयाँ सहयोग

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २८ २०८१
images
पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार २ लाख ५० हजार रुपैयाँ सहयोग

घाइते भएकाको उपचार खर्च बेहोर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको छ।

images
images

गोरखा- धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार २ लाख ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ। 

images
images
images

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।

images
images

'पहिरोमा ज्यान गुमाएकामध्ये एकै परिवारका तीनजनाको परिवारलाई एकमुष्ट पाँच लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय भएको छ', उनले भने, 'रेशम गुरुङ र रमेश परियारको परिवारलाई दुई लाख ५० हजारका दरले राहत दिने निर्णय भएको छ।'

images
images

त्यसैगरी घाइते भएका दुई जनाको उपचार खर्च बेहोर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको छ। गत साउन १३ गते बिहान पहिरो खस्दा पाँच जनाको मृत्यु भएको थियो। रासस


प्रकाशित : शुक्रबार, भदौ २८ २०८११०:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend