मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

बाढी र आगजनीको उच्च जोखिमको मधेशमा बीमाप्रति कम आकर्षण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २८ २०८१
images
images
बाढी र आगजनीको उच्च जोखिमको मधेशमा बीमाप्रति कम आकर्षण

गत आवसम्ममा यो प्रदेशमा कृषि बीमा गर्ने पनि कम छन्। प्रदेशमा बालीको जारी बीमालेख सङ्ख्या ३ सय ४० छ। त्यस्तै पशुपक्षीको जारी बीमालेख सङ्ख्या ११ हजार पाँच सय ११ छ।

images
images

पर्सा- मधेश प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन्।

images
images

बीमा नगर्दा मनसुनजन्य र आगजनीका घटना भए पनि प्राप्त गर्न सकिने लाभबाट वञ्चित भइरहेका छन्। मधेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार छ सय छ भने जीवन बीमा गर्नेको सङ्ख्या भने कुल जनसङ्ख्याको आठ दशमलव ९५ प्रतिशत छ। 

images
images

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा बर्सेनि बाढी र आगजनीका घटना हुने गरे पनि बीमा गर्नेतर्फ सर्वसाधारणको रुचि नभएको बताए। 'मधेश प्रदेशमा गरिबीको रेखामुनि धेरै सर्वसाधारण छन्। यस्तो अवस्थामा  प्रदेश सरकारले बीमा गरिदिने संस्कारको विकास हुन जरुरी छ', उनले भने। 

images
images
images

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म मधेश प्रदेशमा निर्जीवन बीमाको जारी बीमालेख सङ्ख्या तीन लाख २६ हजार दुई सय ६७ रहेको छ। बीमा शुल्क संकलनमा मधेश प्रदेशको प्रतिशत भने छ दशमलव ४१ प्रतिशत छ। 

आव २०८०/८१ सम्म मधेश प्रदेशमा सक्रिय बीमालेखको सङ्ख्या पाँच लाख १५ हजार दुई सय ७३ छ। गत आवसम्ममा यो प्रदेशमा कृषि बीमा गर्ने पनि कम छन्। प्रदेशमा बालीको जारी बीमालेख सङ्ख्या ३ सय ४० छ। त्यस्तै पशुपक्षीको जारी बीमालेख सङ्ख्या ११ हजार पाँच सय ११ छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २८ २०८१०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend