सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध बिक्री गरेको आरोपमा पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २८ २०८१
images
रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध बिक्री गरेको आरोपमा पक्राउ

विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित डा श्रेष्ठले रकम लेनदेनको अभियोग लागेपछि सांसद गुमाएका थिए।

images
images

कास्की- प्रहरीले लागुऔषध बिक्री-वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा-२४ निवासी ४८ वर्षीय डा ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ।

images
images
images

लागुऔषध ट्याबलेट ९७ चक्कीसहित पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका-७ स्थायी घर भई हाल पोखरा महानगरपालिका-४ बस्ने ४२ वर्षीय प्रकाश थापामगरले पोखरा-९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट सो लागुऔषध खरिद गरी ल्याएको बयान दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले जानकारी दिए।

images
images

उनका अनुसार फार्मेसीका सञ्चालक डा श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानूनबमोजिम पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

images
images

विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित डा श्रेष्ठले रकम लेनदेनको अभियोग लागेपछि सांसद गुमाएका थिए। 


प्रकाशित : शुक्रबार, भदौ २८ २०८१०९:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend