सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

images
बिहीबार , भदौ २७ २०८१
images
लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त
images
images

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ।

images
images
images

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो।

images
images

सीईओ सिफारिस समितिले छनोट गरेका ५ जना उम्मेदवारहरूमध्येबाट उनी सीईओमा नियुक्त भएका हुन्। ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भएका थिए।

images
images

समितिले ज्ञवालीसहित अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगानालाई सिफारिस गरेको थियो। 

उनीहरूमध्ये ३ जनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिएको थियो। तीन जनामध्येबाट सुशील ज्ञवाली सीईओ नियुक्त भएका हुन्। 


प्रकाशित : बिहीबार , भदौ २७ २०८१२२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend