शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयर बजारमा लगातार उछाल, किन फाइनान्स र विकास बैंकमा पुन: झुम्मिए लगानीकर्ता?

images
मंगलबार, पुस २७ २०७८
images
सेयर बजारमा लगातार उछाल, किन फाइनान्स र विकास बैंकमा पुन: झुम्मिए लगानीकर्ता?
images
images

काठमाडौं- बैंकलाई तिर्ने किस्ता र ब्याजको दबाबबीच पुस अन्तिम साता सेयर बजार लगातार उकालो लागेको छ। बैंकमा लगानीयोग्य रकम बढ्न थालेपछि सेयर बजारमा प्रभाव परेको छ। 

images
images
images

दुई सातादेखि लगातार बढ्न थालेको सेयर बजार यो साताको तेस्रो दिन पनि उत्साह छाएको छ। आइतबार ७३.०५ अंकले बढेको बजार सोमबार १९.३४ अंकले बढेको थियो। मंगलबार ४९.१९ अंकले बढेर २८३४.१३ अंक पुगेको छ। ६ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको बजारमा १ करोड १९ लाख कित्ता सेयर कारोबार भएको छ। 

images
images

१७० कम्पनीको सेयर बढ्दा १९ कम्पनीको घटेको छ। मंगलबार अधिकांश फाइनान्स कम्पनी र विकास बैंकको सेयरमा सर्किट लागेको छ। सबैभन्दा धेरै कमाउनेमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन्। त्यस्तै पोखरा फाइनान्स र नेपाल फाइनान्सको सेयरमा समेत सर्किट लागेको छ। 

images
images

३२ सयबाट बजार धेरै तल झरेकोले सेयर बजार अब फेरि सोही उचाइतर्फ लागेको सेयर विश्लेषक ताराप्रसाद फुलेल बताउँछन्। ‘बजार आवश्यकभन्दा धेरै घटेको थियो, घट्ने बढ्ने स्वभाविक नै हो,’ विश्लेषक फुलेलले भने। २२ सयबाट पुन: बढ्न थालेकोले अब ३२०० माथि बजार जाने उनको दाबी छ। 

 


प्रकाशित : मंगलबार, पुस २७ २०७८०९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend