सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

समन्वयसहित रचनात्मक ढंगले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

images
बिहीबार , भदौ २७ २०८१
images
समन्वयसहित रचनात्मक ढंगले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

उनले पूर्वमन्त्रीहरुसँगका काम लाग्ने अनुभवबाट पनि सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने देखिएका काम गर्न आग्रह गरे।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढंगले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

images
images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताए।

images
images

'हामी टिम स्पिरिटमा काम गर्छाैँ, एकअर्कालाई सहयोग गछौँ। लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन्। हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ', प्रधानमन्त्री ओलीले भने।

images
images

उनले पूर्वमन्त्रीहरुसँगका काम लाग्ने अनुभवबाट पनि सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने देखिएका काम गर्न मन्त्रीहरुलाई आग्रह गरे। रासस


प्रकाशित : बिहीबार , भदौ २७ २०८११७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend