बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लगातार २१९ अंकको गिरावटपछि हरियालीतर्फ फर्कियो सेयर बजार, आउने साता के होला?

बिहीबार , भदौ २७ २०८१
लगातार २१९ अंकको गिरावटपछि हरियालीतर्फ फर्कियो सेयर बजार, आउने साता के होला?

काठमाडौं- गएको साताको अन्तिम दुई कारोबारयता राताम्य भइरहेको सेयर बजार यो साताको अन्तिम कारोबारमा पुन: हरियालीतर्फ लागेको छ। समग्रमा २१९.९७ अंकको गिरावटपछि बजारमा हरियाली देखिएको हो।

साताको अन्तिम कारोबारमा बिहीबार ७८.३१ अंकले बढेर बजार २६८८.५३ बिन्दुमा पुगेको छ। २२९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८ अर्ब १६ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ। १२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता समग्रमा २२.२ अंकले घटेको सेयर बजारमा यो साताको चार कारोबारमा नै ओरालोतिर लागेको थियो। आइतबार २५.४६ र सोमबार ५५.८६ र मंगलबार १३.०९ अंकले घटेको बजार बुधबार पनि २२.७३ अंकले घटेको थियो। 

गएको साता पहिलो कारोबारमा आइतबार बजार ५३.६३ अंकले घटेको थियो। सोमबार १२७.३२ र मंगलबार ६.९४ अंकले बढेको बजार बुधबार ९०.७३ र बिहीबार १२.१० अंकले घटेको थियो। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा तीन सातायता भने अपेक्षाकृत वृद्धि हुन नसकेको हो। बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्। यो साता अन्तिम कारोबार बढ्दा आगामी साताका लागि भने सुखद संकेत देखिएको छ। 

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा केही समय धरमरम भइरहेको छ। बजारको लगातारको वृद्धिपछिको केही समय 'करेक्सन' देखिएको रुपमा विश्लेषकहरूले अर्थ्याइरहँदा लगानीकर्ताहरू दुविधामा देखिन्छन्। बिहीबारको लयले साथ दिएर लगानीकर्ता विश्वस्त हुन सके आउने साता भने बजारले वृद्धिकै साथ दिने देखिन्छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहेका छन्। पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने उनीहरू बताउँछन्।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धिमा गतिमा देखिएको हो।

लगातार उच्च बिन्दुतर्फ लागेर केही समय वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ नै लाग्ने अपेक्षा रहेको छ। बजारमा देखिएको ‘बुलिस ट्रेन्ड’ बीच केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने उनीहरूको तर्क छ। बजार अहिले ‘स्टप लस हन्टिङ’ को अवस्थामा देखिएकाले त्यो पूरा हुनासाथ पुन: उचाइतर्फ लाग्ने केही विश्लेषकहरूको तर्क छ।


प्रकाशित : बिहीबार , भदौ २७ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend