सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

images
बिहीबार , भदौ २७ २०८१
images
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

'सरकारी पैसा निजीमा गएमा कस्तो गएको हो? ऋण गएको कि अनुदान गएको अथवा जाने प्रक्रियालाई समात्ने कि? जुन सरकारी पैसा गएको छ त्यो हकसम्म मात्रै हेर्ने हो कि, यो कुरामा समिति पहिले सिद्धान्तः स्पष्ट होस्', उनले भने।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नीजि क्षेत्रलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी रहेको बताएका छन्।

images
images
images

सिंहदरबारस्थित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज उनले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने  भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिए।

images
images

'निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जाने भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न', लेखकले भने, 'पहिले प्रिन्सिपल सेट हुनु पर्‍यो, प्रिन्सिपल सेट भए सोहीअनुसार भाषा लख्ने हो, भाषा लेख्ने कुरा कठिनाइ होइन।'

images
images

उनले छलफलका क्रममा निजी क्षेत्रमा जानु हुन्न भन्ने कुरामा आम सहमति देखिएको बताए। 'अझै एउटा कुरा टुंगिन बाँकी रहेको जस्तो के देखियो भने सरकारी पैसा निजीमा गएको छ भने फेरि हेर्नुपर्छ भन्ने पनि विषय छ', उनले भने, 'सरकारी पैसा निजीमा गएमा कस्तो गएको हो? ऋण गएको कि अनुदान गएको अथवा जाने प्रक्रियालाई समात्ने कि? जुन सरकारी पैसा गएको छ त्यो हकसम्म मात्रै हेर्ने हो कि, यो कुरामा समिति पहिले सिद्धान्तः स्पष्ट होस्।'

उनले निजीमा प्रवेश गर्दा कति गर्ने भन्ने कुरामा पनि समिति सैद्धान्तिक रुपले स्पष्ट हुनुपर्नेमा जोड दिए। निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा ल्याउने प्रावधानमाथि समितिमा सांसदले छलफल सुरु गरेका छन्। रासस


प्रकाशित : बिहीबार , भदौ २७ २०८११३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend