बुधबार, चैत १३ गते २०८१    
बुधबार, चैत १३ २०८१
images
images

विदेश पठाइदिने भन्दै २३ लाखभन्दा बढी ठगी गर्ने तीनजना पक्राउ

images
बिहीबार , भदौ २७ २०८१
images
images
विदेश पठाइदिने भन्दै २३ लाखभन्दा बढी ठगी गर्ने तीनजना पक्राउ

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै २३ लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

images
images

पक्राउ पर्नेमा काठमाडौंको सिनामंगल बस्ने सिरहाका ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुका ३६ वर्षीय सल्लउदिन वेग र बुढानीलकण्ठ-८ हात्तीगौँडा बस्ने तेह्रथुमका ३ वर्षीय राजु दाहाल रहेका छन्।

images
images

पक्राउ परेकामध्ये सिंहले दुई जनालाई दुबई पठाउने भन्दै आठ लाख ४० हजार ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

यस्तै पक्राउ परेका वेगले दुई जनालाई कुवेत पठाउने भन्दै सात लाख २० हजार रूपैयाँ र दाहालले तीन जनालाई क्रोएसिया पठाउने भन्दै आठ लाख २५ हजार रूपैयाँ रकम लिइ विदेश नपठाइ सम्पर्कविहिन भएको पीडितको उजुरीका आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको उनले बताए।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , भदौ २७ २०८११२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend