शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

गोर्खाज फाइनान्समा लगानीकर्ताको आकर्षण, ३ घन्टामै १२ करोडको कारोबार

images
मंगलबार, पुस २७ २०७८
images
गोर्खाज फाइनान्समा लगानीकर्ताको आकर्षण, ३ घन्टामै १२ करोडको कारोबार
images
images

काठमाडौं- गोर्खाज फाइनान्सको सेयरमा अत्याधिक कारोबार भएको छ। मंगलबार कारोबार सुरु भएको ३ घन्टामै १२ करोड ७० लाखको कारोबार भएको छ। जसमा गोर्खाजको १ लाख ४८ हजार ९ सय २ कित्ता सेयर कारोबार भएको छ। 

images
images
images

सेयरधनीलाई पाँच वर्षपछि लाभांश दिने हल्ला चलेसँगै सेयर कारोबारमा व्यापक उतारचढाव भएको छ। मंगलबार २ बजेसम्म ९ सय रुपैयाँमा कारोबार भएको छ। फाइनान्सको सेयर मूल्य सोमबारभन्दा ६८ रुपैयाँले बढीसकेको छ। 

images
images

खासै नाफा नकमाएको र लाभांशसमेत नदिएको कम्पनीमा पछिल्लो समय लगानीकर्ता झुम्मिएका छन्। खासगरी फाइनान्सले आर्थिक वर्ष २०७१/७२ यता लाभांश दिएको छैन। २०७१/७२ मा फाइनान्सले सेयरधनीलाई ७ प्रतिशत मात्रै लाभांश दिएको थियो। 

images
images

गत वर्ष र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने फाइनान्सले नाफामा उल्लेख्य सुधार गरेको छ। चालु वर्षको पहिलो तीन महिनामा भने १६ करोड ५० लाख नाफा कमाइसकेको छ। भने प्रतिसेयर आम्दानी समेत ९ रुपैयाँ पुर्‍याएको छ। तर पनि ५२ हप्ता अगाडि १८० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको फाइन्नासको सेयर मूल्य १५०० सम्म पुगेको थियो। 

फाइनान्सका जनताको ३४ लाख ७१ हजार ९७४ कित्ता साधारण सेयर आईपीओ जारी गरेको थियो। भने ५२ लाख ७९ हजार ६३ कित्ता भने संस्थापक सेयर लगानीकर्ताको हिस्सा रहेको छ। 


प्रकाशित : मंगलबार, पुस २७ २०७८०८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend