सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २७ २०८१
images
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारीदेखि अति भारी  वर्षाको सम्भावना पनि छ।

images
images

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ। 

images
images
images

हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

images
images

विभागका अनुसार आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

images
images

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारीदेखि अति भारी  वर्षाको सम्भावना पनि छ। 

यसैबीच विभागले बुधबार अपराह्न विशेष मौसम बुलेटिन निकालेर आज साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ २७ २०८१०९:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend