शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २७ २०८१
images
images
पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन्।

images
images

जुम्ला- पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ।

images
images

बुधबार रातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

images
images

उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ। सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

images
images

लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन र तिनका यात्री अलपत्र परेका छन्। रासस


प्रकाशित : बिहीबार , भदौ २७ २०८१०९:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend