सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

कर्जाले गति लिने संकेत, भदौ लागेयता नै ४० अर्ब कर्जा लगानी

images
बिहीबार , भदौ २७ २०८१
images
कर्जाले गति लिने संकेत, भदौ लागेयता नै ४० अर्ब कर्जा लगानी

विगत दुई वर्षदेखि न्यून कर्जा प्रवाह र निर्माण गतिविधि न्यून हुँदा अर्थतन्त्र संकुचित अवस्थामा रहँदै आएको थियो। पछिल्लो समयमा कर्जा प्रवाह बढ्न थालेसँगै अर्थतन्त्रले गति लिने संकेत देखा पर्न थालेको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंकिङ प्रणालीमा कर्जाको माग बढाउन थालेको देखाएको छ। चालु आर्थिक वर्षको साउनमा २ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा भदौ लागेयता नै करिब ४० अर्ब रुपैयाँ कर्जा लगानी भएको छ।

images
images
images

राष्ट्र बैंकको दुई दिनको अगाडिको तथ्यांकअनुसार एकैदिन वाणिज्य बैंकहरूले ८ अर्ब कर्जा प्रवाह गरेका छन्। 

images
images

यस्तै यस अवधिमा निक्षेप संकलन पनि बढेको छ। एकैदिन बैंकिङ प्रणालीबाट ५ अर्ब निक्षेप झिकिएसँगै भदौ महिनामा करिब ३० अर्बको हाराहारीमा निक्षेप संकलन भएको देखिन्छ। 

images
images

बैंक वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात (सीडी) ७९.०२ प्रतिशतमा झरेको छ। सीडीका आधारमा बैंक वित्तीय संस्थाहरूसँग अझै पनि करिब ७ खर्ब १२ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। 

कर्जाको माग बढ्न थालेसँगै बैंक वित्तीय संस्थाहरूले राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा लगानी गर्न छोडेका छन्। बुधबार जारी भएको ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणमा ८ वित्तीय संस्थाहरूले मात्रै सहभागिता जनाएका छन्। 

बुधबार भएको बोलकबोलमा भारित औषत ब्याजदर २.९९ प्रतिशत कायम भएको छ। राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर चालु आर्थिक वर्ष शून्य प्रतिशत लाग्ने सर्कुलर जारी गरेसँगै बैंक वित्तीय संस्थाहरूले कर्जा लगानी बढाउन थालेका हुन्। 

काउन्टर साइक्लिकल बफर शून्य प्रतिशतमा ल्याएसँगै बैंक वित्तीय संस्थाहरूमा करिब २.५ खर्ब कर्जा लगानीका लागि पुँजीकोष पर्याप्त हुने बैंकर्सले बताउने गरेका छन्। 

यस्तै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाहरूको पुँजीकोषमाथि परेको दबाब हटाउनका लागि रेगुलेटरी रिटेल फोर्टफोलियो(आरआरपी) को सीमा बढाएर २ करोड ५० लाख पुर्‍याएको छ। जसले पुँजीकोषमा दबाब भएका बैंकहरूलाई पुँजीकोष राहत पुगेको छ।

यस्तै अग्राधिकार सेयर र कर्जा खरिद गर्दा जोखिमभार २० प्रतिशत कायम गर्न सक्ने सुविधा राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूलाई दिएको छ। यसले बैंकहरूको कर्जा लगानीका लागि बाटो खोलेको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूको खराब कर्जा घटाउन असल कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट घटाएर १.१ प्रतिशत, चालु कर्जा पुँजीको भेरियन्समा लचकता, निर्माण व्यवसायीको कर्जाको पुनर्संरचना र खराब कर्जालाई सुक्ष्म निगरानीमा राखेर कर्जा नोक्सानी व्यवस्था गर्ने सुविधा दिएसँगै अधिकांश बैंक वित्तीय संस्थाहरूको वित्तीय अवस्थामा सुधारले कर्जा प्रवाह बढ्ने संकेत देखिएको हो।

विगत दुई वर्षदेखि न्यून कर्जा प्रवाह र निर्माण गतिविधि न्यून हुँदा अर्थतन्त्र संकुचित अवस्थामा रहँदै आएको थियो। पछिल्लो समयमा कर्जा प्रवाह बढ्न थालेसँगै अर्थतन्त्रले गति लिने संकेत देखा पर्न थालेको छ। 

अर्थतन्त्रमा गुम्दै गएको आत्मविश्वास फेरि फर्कने आशा सेयर बजारले समेत जगाएको छ। करिब १ हजार अंकले बढेको सेयर बजार अहिले करेक्सनको अवस्थामा देखिन्छ। निकै ठूलो मात्रामा पछिल्लो समय सेयर कर्जा जारी भएकाले आगामी समयमा सेयर बजार सकारात्मक बन्ने सम्भावना छ।

कर्जाको ब्याजदर एकल अंकमा आएको र असोजमा थप ब्याजदर घट्ने भएकाले नेपाली अर्थतन्त्रमा लगानीका लागि उपयुक्त वातावरण निर्माण भएको छ। 

यस्तै लामो समय सुस्त रहेको पर्यटन क्षेत्रले पनि गति लिइरहेको व्यवसायीहरूले बताएका छन्।

बैंकिङ प्रणालीमा तरलताका साथै नेपालको बाह्य क्षेत्र सुविधाजनक अवस्थामा छ। दसैँ, तिहार र छठलगायतका चाडपर्व नजिकिएसँगै आगामी समय बजारले गति लिने देखिन्छ। गत आर्थिक वर्षको तुलनामा सरकारी राजस्वसमेत बढेकाले आगामी समयमा नेपाली अर्थतन्त्र सुधार हुने संकेत देखिएको छ।


प्रकाशित : बिहीबार , भदौ २७ २०८१०९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend