मंगलबार, कात्तिक २७ गते २०८१    
images
images

बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनःनिर्माणमा ढिलाइ, लागत बढ्दै

images
बुधबार, भदौ २६ २०८१
images
images
बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनःनिर्माणमा ढिलाइ, लागत बढ्दै

करिब ८ करोडमा पुनःनिर्माणको जिम्मा लिएको उपभोक्ता समितिले काममा ढिलाइ हुँदा १० करोडभन्दा बढी खर्च हुनसक्ने जनाएको छ।

images
images

ललितपुर- ललितपुर महानगरपालिका-२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन।

images
images
images

विसं २०७२ को गोर्खा भूकम्पले क्षति पुर्‍याएको मन्दिर पुनः निर्माणको काम सुरु भएको चार वर्ष भइसक्दा पनि बजेट अभावले काम अझै नसकिएको जनाइएको छ।

images

ललितपुर महानगरपालिकाको सहयोगमा विसं २०७८ देखि रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले काम सुरु गरेको थियो। समितिका अध्यक्ष अध्यक्ष बेखनर महर्जनले महानगरबाट एकमुस्ट बजेट नआउँदा काम समयमै सम्पन्न नभएको बताए। उनले महानगरपालिकाले हरेक वर्ष बजेट छुट्याउने गरेका सोअनुसार काम भएको जानकारी दिए।

images

भूकम्पले क्षति गरेका ललितपुरका अन्य मन्दिर पुनःनिर्माण भए पनि यस मन्दिरको पुनःनिर्माण ढिलाइ भएको रुद्रायणीदेवी गुठीका अध्यक्ष उदयकुमार डुङ्गोको भनाइ छ।

'बजेट अभावले मन्दिर पुनःनिर्माण ढिला भएको हो तर महानगरको वार्षिक बजेटअनुसार काम भने भएको छ। हालसम्म चार करोड रूपैयाँभन्दा बढी खर्च भइसक्यो। अहिलेकै अवस्थामा मन्दिर पुनः निर्माणको काम सम्पन्न हुन अझै दुई वर्ष लाग्ने देखिन्छ', उनले भने।

सोही गुठीका सदस्य हेराबहादुर डङ्गोलले समयमै मन्दिर निर्माण नहुँदा यहाँ रहेका मूर्तिलाई अस्थायी मन्दिरमा राखेको र छिटो काम सकेर रुद्रायायणीदेवी जात्रा र पूजाआजको लागि सहज अवस्था बनाउन आग्रह गरे।

रुद्रायणी मन्दिरको पुनःनिर्माणको लागि २०७८ भदौ २३ गते पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शिलान्यास गरेकी थिइन्।

करिब आठ करोडमा पुनःनिर्माणको जिम्मा लिएको उपभोक्ता समितिले काममा ढिलाइ हुँदा लागत बढेर १० करोडभन्दा बढी खर्च हुनसक्ने जनाएको छ। रासस


प्रकाशित : बुधबार, भदौ २६ २०८११८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend