शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

सांस्कृतिक कार्यक्रममा विदेश लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा कलाकार पक्राउ

images
बुधबार, भदौ २६ २०८१
images
images
सांस्कृतिक कार्यक्रममा विदेश लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा कलाकार पक्राउ

नक्कली कागजात बनाउने, कलाकार भिसामा अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो।

images
images

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

images
images

सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

images
images

उनले भने, 'पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो।'

images
images
images

पक्राउ परेका उनले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा पनि १५ देखि २० लाख रूपैयाँसम्म उठाउने गरेको जानकारी आएकाले उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक बोगटीले बताए।

पक्राउ परेका सूर्यमानको आज जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान सीआईबीले जनाएको छ। रासस


प्रकाशित : बुधबार, भदौ २६ २०८११६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend