शनिबार, असोज ५ गते २०८१    
images
images

सुदूरपश्चिमको विकासमा सधैँ लागिपर्छु : परराष्ट्रमन्त्री राणा

images
बुधबार, भदौ २६ २०८१
images
images
सुदूरपश्चिमको विकासमा सधैँ लागिपर्छु : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणाले सुदूरपश्चिम क्षेत्रको विकासका पक्षमा त्यहाँका केही स्थानीय परियोजना तथा नाकाका विषयमा भारत भ्रमणका क्रममा भारतीय उच्च सरकारी तहसम्म कुरा उठाएकामा सो प्रतिनिधिमण्डलले विशेष धन्यवाद ज्ञापन गरेको थियो।

images
images

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताएकी छिन्।

images
images
images

सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग उनले आज यहाँ आफूले विगत लामो समयदेखि सो क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वलगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै आफू कुनै सरकारी पदमा हुँदा या नहुँदा पनि यो क्षेत्रको विकास गरी त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले पछिल्लो समयमा नेपालमा आत्महत्या गर्ने व्यक्तिको सङ्ख्या बढ्दै गएको देखिएको र आत्महत्याको दर अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै रहेको तथ्य बाहिर आएकाले यो अवस्थाको निराकरणका लागि काम गर्न पनि सो मञ्चलाई आग्रह गरिन्।

'अहिले आत्महत्या गर्नेमा १५ प्रतिशत जति २० वर्ष मुनिका युवायुवती रहेका तथ्य बाहिर आएको छ। यो निकै गम्भीर अवस्था हो। सुदूरपश्चिमको अवस्था झन् खराब देखिन्छ। अब हरेक पालिका तथा वडास्तरमै परामर्श केन्द्र राखेर हुन्छ या कसरी हुन्छ मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्नेछ। यो उमेर समूहका नागरिकलाई व्यापक मात्रामा परामर्श सेवा दिनुपर्नेछ। यहाँहरु पनि त्यसमा लाग्नुहोला', मन्त्री डा राणाले भनिन्।

images

परराष्ट्रमन्त्री डा राणाले सुदूरपश्चिम क्षेत्रको विकासका पक्षमा त्यहाँका केही स्थानीय परियोजना तथा नाकाका विषयमा भारत भ्रमणका क्रममा भारतीय उच्च सरकारी तहसम्म कुरा उठाएकामा सो प्रतिनिधिमण्डलले विशेष धन्यवाद ज्ञापन गरेको थियो।

उक्त सरोकार मञ्चको प्रतिनिधिमण्डलले मन्त्री डा राणाले भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट नेपालले अधिकमत लाभ लिन सक्नेगरी कुरा उठाइ प्रक्रियासमेत अघि बढाएकामा धन्यवाद ज्ञापन गर्दै यसको कार्यान्वयनका लागि थप लागिपर्न आग्रह पनि गरेको थियो।

मन्त्री डा राणाले भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति तथा धनगढीको फाप्लामा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि कुरा उठाएकी थिइन्।

सो प्रतिनिधिमण्डदका सदस्यहरुले गौरीफन्टा तथा गड्डाचौकी नाकाबाट आहोरदोहोर गर्नेक्रममा नेपालीलाई भारततर्फबाट धरपकड हुने गरेको गुनासो गर्दै त्यहाँ सुरक्षा र थप व्यवस्थापनका लागि आग्रह गरे।

त्यसक्रममा मन्त्री डा राणाले नेपालले आफ्ना छिमेकी देशतर्फका सिमानाका एवम् सीमा सुरक्षा चौकीहरुलाई थप व्यवस्थित बनाउने विषयमा आफूले पहल गर्ने बताइन्। त्यस अवसरमा सो सरोकार मञ्चले मन्त्री डा राणालाई सम्मान प्रदान गरेको थियो।

मञ्चका अध्यक्ष बहादुरसिंह विष्टसहित पदाधिकारी तथा सदस्यहरुहरुले देशको सुदूरपश्चिम जस्तो विकट क्षेत्रबाट प्रतिनिधित्व गरी मुलुकको परराष्ट्रमन्त्री जस्तो गरिमामय पदमा पुगेकामा उनको सफल कार्यकालको कामना गदै सम्मान प्रदान गरेका थिए। रासस


प्रकाशित : बुधबार, भदौ २६ २०८११६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend