बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

राष्ट्र बैंकले मिलायो असोज १३ गतेदेखि २२ गतेसम्म दसैँका लागि सुकिला नोट साट्ने व्यवस्था

बुधबार, भदौ २६ २०८१
राष्ट्र बैंकले मिलायो असोज १३ गतेदेखि २२ गतेसम्म दसैँका लागि सुकिला नोट साट्ने व्यवस्था

काठमाडौं- नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ।

राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो। यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने व्यवस्था गरेको हो। 

'२०८१ सालको दसैँमा माग हुने साना दरका नोट सटहीको लागि यस बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ' राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ।

साथै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गइ नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 


प्रकाशित : बुधबार, भदौ २६ २०८११५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend